पूर्णिमा मेलाको अवसरमा इम्बुङमा खुल्ला नकआउट फूटबल प्रतियोगिता

  नयाँ बुलन्द  153 पटक हेरिएको

पाँचथर : पाँचथरको फाल्गुनन्द गाउँपालिका २ इम्बुङमा आगामी कात्तिक २४ देखि खुल्ला नकआउट पुरुकष फूटबल प्रतियोगिता संचालन हुने भएको छ ।

२०७६ सालको बराह क्षेत्र कार्तिके पूर्णिमा मेलाको अवसरमा स्थानीय टुस्टार ग्रामीण सृजनशील क्लबले प्रतियोगिता आयोजना गर्न लागेको हो ।

प्रतियोगिताको विजेताले ८१ हजार १ सय ११ रुपैयाँ र उपविजेताले ४१ हजार १ सय ११ रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् । त्यस्तै वेस्ट प्लेयरलाई ५ हजार रुपैयाँ, हाइस्कोररलाई ३ हजा रुपैयाँ तथा प्रत्येक खेलको म्यान अफ दी म्याचलाई समेत उचित पुरस्कारको व्यवस्था रहेको जनाइएको छ ।

प्रतियोगिताको फाइनल २८ कात्तिकमा हुनेछ । फाइनलको दिन विभिन्न खेलकुदका कार्यक्रम साथै साँस्कृतिक कार्यक्रम समेत संचालन हुनेछन् । विभिन्न जातजातिको झाँकी प्रदर्शनका साथ हाँस्यकलाकार विल्सनविक्रम राई (तोक्मे बुढा) को समेत विशेष प्रस्तुती रहने आयोजकले जनाएको छ ।

प्रतियोगिताको समापन प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबो (मौसम) ले गर्नेछन् । खेल स्थानीय सत्यहाङमा माध्यमिक विद्यालयको खेलमैदानमा संचालन हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार