लभ्ली फूटबलको उपाधि फ्रेण्डसिपलाई


माइजोगमाई : इलामको माइजोगमाई गाउँपालिका २ जोगमाईमा संचालित दोश्रो संस्करणको लभ्ली फूटबल प्रतियोगिताको उपाधि फ्रेण्डसिप फूटबल क्लब जोगमाईले हात पारेको छ ।

शनिबार सम्पन्न फाइनल खेलमा फ्रेण्डसिप फूटबल जोगमाईले रेड डेविल्स नयाँबजारलाई टाइब्रेकरमा ४-२ गोल अन्तरले पराजित गदै उपाधि हात पारेको हो ।

सुरुवात देखि नै दुबै टीम एकदमै आक्रामक रुपमा प्रस्तुत भएपनि खेलको निर्णयका लागि टाइब्रेकरसम्म कुर्नु परेको थियो । खेलको १५ औँ मिनेटमा फ्रेण्डसिपका आशिष राईले गोलपोष्टको केहि अगाडीबाट गरेको प्रहार गोल परिणत भएसँगै फ्रेण्डसिपले अग्रता लिएको थियो ।

तर सो अग्रता लामो समय सम्म टिक्न सकेन । खेलको २० औ मिनेटमा रेड डेविल्सले गोल फर्काउँदै खेललाई बराबरीमा पु¥यायो । रेड डेविल्सका लागि स्ट्राइगर लाकेल योल्मूले गोल पोष्ट नजिकैबाट पाएको फ्रि किकलाई सिधै जाली चुमाएका थिए ।

पहिलो हाफमा १-१ गोलको बराबरी भए पनि दोश्रो हाफमा दुबै टीमले राम्रा अवसरहरु पाए पनि सदुपयोग गर्न नस्कदा खेल टाइब्रकरमा पुगेको हो । टाइब्रकरमा फ्रेण्डसिप फुटबल क्लब जोगमाईले रेड डेविल्स नयाँबजारलाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।

जितसँगै फ्रेण्डसिप फूटबल क्लब जोगमाईले नगद १ लाख र उपविजेता रेड डेविल्स नयाँबजारले ५० हजार सहित ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।

लभ्ली यूवा क्लब जोगमाईको आयोजनामा गत २७ असोजबाट जारी प्रतियोगितामा २४ टीमको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार