लभ्ली फूटबल प्रतियोगिता : फ्रेण्डसिप र रेड डेविल्स फाइनलमा

  नरेन इलामेली  159 पटक हेरिएको

माइजोगमाई : इलामको माइजोगमाई गाउँपालिका २ जोगमाईमा जारी दोश्रो संस्करणको लभ्ली फूटबल प्रतियोगिताको उपाधिका दागि फ्रेण्डसिप फूटबल क्लब जोगमाई र रेड डेविल्स नयाँबजार भिड्ने पक्का भएको छ ।

शुक्रबार सम्पन्न सेमीफाइनल खेलमा फ्रेण्डसिप फूटबल जोगमाईले आरआरसी प्याङ्गलाई २-० गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । दोश्रो खेलमा डायनामिक फूटबल क्लब रुङसुङलाई १-० गोल अन्तरले पराजित गर्दै रेड डेविल्स नयाँबजारले उपाधि भिडन्तका लागि फ्रेण्डसिपसँगको भेट पकका गरेको हो ।

गत २७ असोजबाट जारी प्रतियोगिताको फाइनल खेल शनिबार साँस्कृतिक कार्यक्रमका साथ सम्पन्न हुने आयोजक समितिका उपाध्यक्ष तथा प्रचारप्रसार समितिका प्रमुख प्रदिप खँड्काले जानकारी दिए । प्रतियोगिताको विजेताले नगद एक लाख र उपविजेताले ५० हजार सहित ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार