सिरिजंगााको उपाधि एथलेक्टिस फाकफोकथुम ११ लाई

  गोविन्द लामिछाने
7 Shares

फाकफोकथुम : फाकफोकथुम गाउँपालिकाको आमचोकमा सचालित तेस्रो सिरिजंगा खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधिए थलेक्टिस फाकफोकथुम ११ ले चुमेको छ ।

शुक्रबार भएको फाइनलमा हिमशिखर युवा समूहलाई १ का विरुद्ध ३गोल गर्दै फाकफोथुम ११ ले उपाधि चुमेको हो । उपाधिजितेसँगै एथलेक्टिस फाकफोकथुम ११ ले ५२ हजार पुरस्कार जितेको छ । फाइनल खेलमाहिमशिखकार स्वस्तिक राई म्यान अफ दि म्याच घोषित भए ।
दोस्रो स्थान हासिल गर्ने हिमशिखर युवा समूहले २६ हजारमा चित्त बुझायो । सिरिजंगा सांस्कृतिक परिवार फाकफोकथुम–३ को आयोजनामा शुभदिपावलीको अवसरमा आयोजित प्रतियोगितामा देउमाई नगरपालिका, माङसेबुङ गाउँपालिका, पाँचथरको फाल्गुनन्द गाउँपालिका लगायत विभिन्नगाउँपालिका तथा नगरपालिकाका ३६ टीमको सहभागिता थियो ।

खेलमा उत्कृष्ठ खेलाडी हिमशिखरका वचन राई, सर्वाधिक गोलकर्ता फाकफोकथुम ११ का प्रविन राई र उत्कृष्ट गोलकिपर फाकफोकथुम ११ कै सौरभ सुवेदी घोषित भए । विजेता र उपविजेतालाई पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेम्बाङले स्थानीय क्षेत्रको विकासको लागि केन्द्र, प्रदेश र स्थानीयतहसँग सहकार्य गर्दै अघि बढ्ने बताएका छन् ।

सिरिजंगा सांस्कृतिक परिवार फाकफोकथुम–३ आयोजना गरेको तेस्रो सिरिजंगा खुल्ला नकआउट फुटबल प्रतियोगिताको समापन कार्यक्रमलाई सम्बोधन गर्दै विकास र समृद्धिका लागि तीनै तहको सरकारबीच समन्वय र सहकार्यको आवश्यक गरेको बताए ।

फुटबल भनेपछि पहिले देखिनै हिरिक्क हुने भन्दै खेलको निम्तो मान्न आउन पाउँदा खुशी व्यक्त गरे । सिरिजंगाले गरेको कामको प्रगति देखेर राम्रो लागेको बताउँदै सिरिजंगा साँस्कृतिक परिवारको अनुशासन देखेर आफू प्रफुल्लित भएको बताए ।

सिरिजंगा साँस्कृतिक परिवारलाई आफ्नो तह र तप्काबाट सहयोग जारी रहने आश्वासन समेत दिए ।

कार्यक्रमका अध्यक्ष दिपेन्द्र थेगिमले सिरिजंगा साँस्कृतिक परिवारले आगामी दिनमा जुनसुकै प्रतियोगिता तथा कार्यक्रम सम्पन्न गर्न सक्ने बताए । उनले सिरिजंगाा साँस्कृतिक परिवारलाई गाउँपालिका लगायत विभिन्न तह र तप्काबाट भएको सहयोगको उच्च मूल्याङ्कन समेत गरे ।

कार्यक्रममा प्रदेश सांसद धिरेन्द्र शर्मा रमण, रामकुमार राना, गाउँपालिका अध्यक्ष रामकुमार श्रेष्ठ, उपाध्यक्ष सरस्वती राईलगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार