बजारीकरण समिश्रण र यसको महत्व

  गोपाल पौड्याल  79 पटक हेरिएको

गोपाल पौड्याल

साधारणतया समिश्रण भन्नाले दुई वा दुईभन्दा बढी तत्वहरूको मिसावट भन्ने बुझिन्छ भने बजारीकरणको समिश्रण भन्नाले उद्यमीको नियन्त्रण भित्र रहेका विभिन्न तत्वहरूको समूह हो, जुन क्रेता वा ग्राहकको वस्तु प्रतिको प्रतिक्रिया वा धारणा बुझ्न र सोही अनुसार वस्तु आपूर्ति गनृमा मिश्रण प्रयोग गरिन्छ । अर्थात विभिन्न तत्वहरूको समिश्रण गरी ग्राहकहरूलाई आपूmप्रति आकर्षित गर्दछ । ती तत्वहरूको समिश्रणलाई बजारीकरणको आन्तरिक तत्वहरू पनि भन्ने गरिन्छ । ती तत्वहरूलाई यसरि चर्चाउन सकिन्छ ।

१. वस्तु वा सेवा 

कुनै पनि व्यावसायीले आफ्नो व्यवसाय सफलतापूर्वक सचालन गर्न, आफ्नो ग्राहकको आवश्यकता तथा चाहना अनुरुप वस्तु उत्पादन गर्नुपर्छ । एउटा सफल व्यावसायीले सबैभन्दा पहिला ग्राहकको आवश्यकता पत्ता लगाउँछ र त्यही अनुसार वस्तु वा सेवा प्रदान गर्दछ । तसर्थ ग्राहकको वास्तविक आवश्यकता पूर्ति गर्न तयार गरिने सामान नै वस्तु हो । वस्तुको प्रकृति अनुसार रंग, स्वाद, गुणस्तर, तौल, आकार, प्रकार, ढाँचा, व्राण्डिङ्ग, प्याकेजिङ्ग, ग्यारेण्टी, लेवल आदि हुन्छ, जुन ग्राहकले आफ्नो संतुष्टिको लागि खरिद गर्दछ । जस्तै ः साबुन, चक, चाउचाउ, मैनवत्ती, टायल, कार्पेट, तयारी पोशाक आदि । कुनै कुनै व्यावसायीले प्रत्यक्ष रुपमा वस्तु उत्पादन गरेर बिक्री नगरी सेवा बिक्री गरेर आफ्नो व्यवसाय संचालन गर्ने गर्दछ । यस्तो सेवा व्यवसाय अनुसार फरक फरक हुनसक्छ । यसलाई वस्तु जस्तै ः किनेर जम्मा गरी राख्न सकिंदैन । जस्तै टेलिफोन सेवा, अटोमोवाइल सेवा, यातायात सेवा, फोटोकपी सेवा आदि । यहाँ सेवाको अर्थ निः शुल्क नभई सःशुल्क हुन्छ । साधारणतया सेवा भन्नाले स्पर्श गर्न नसकिने तथा अदृश्य रुपमा उत्पादन तथा उपभोग एकै साथ हुने कुनै कृयकलाप वा कार्य भन्ने बुझिन्छ ।

२. मूल्य

साधारण अर्थमा मूल्य भनेको कुनै पनि वस्तु वा सेवा प्राप्त गरे वापत तिरिने मुद्रा हो । कुनै पनि उत्पादकले आपूmले उत्पादन गरेको वस्तु वा सेवालाई प्रति एकाइका दरले मूल्य निर्धारण गरेपछि मात्र बजारमा बिक्री गर्छ । वस्तुको मूल्य निर्धारण नगरी बिक्री कार्य असंभव नै हुन्छ । मूल्य निर्धारण गर्दा ग्राहकलाई वस्तु क्रय गर्न सजिलो पर्नुका साथै उत्पादकलाई नाफाको लेखाजोखा राख्न पनि सजिलो पर्दछ । वस्तु वा सेवाको प्रकृति तथा वितरणको माध्यमअनुसार उचित वा स्थिर मूल्य राख्नु, छुट, कमिशन तथा वोनसको व्यवस्था गर्नु पनि मूल्य निर्धारण प्रक्रिया अन्तर्गत नै पर्दछ । मूल्य निर्धारण गर्दा मुख्यतया तीन तरिका,लागतमा नाफा जोडेर,प्रतिस्पर्धीहरुको मुल्य हेरेर र बजारमागलाई बुझेर विक्रि मुल्य कायम गरिन्छ ।

३. प्रवद्र्धन

प्रवद्र्धन भनेको त्यस्तो माध्यम हो, जसबाट व्यावसायीहरूले आफ्नो वस्तु वा सेवाको बारेमा ग्राहकहरूलाई जानकारी दिएर आकर्षित गर्दछ । कुनै पनि व्यावसायीले आफ्नो वस्तु वा सेवाको जानकारी ग्राहकहरूलाई दिन त्यसको विशेषताहरू, प्रयोग विधि, आदि उल्लेख गरी संचार गर्नुपर्दछ, जसले गर्दा ग्राहकहरू आफ्नो वस्तुसँग परिचित हुनुका साथै उक्त वस्तु वा सेवा किन्न प्रोत्साहित होउन् र पछिसम्म पनि त्यसको संझना रहिरहोस् । व्यवसाय राम्रो स्थानमा स्थापना गरेतापनि, गुणस्तरिय वस्तु उत्पादन गरेतापनि र उचित मूल्य राखेतापनि यदि वस्तु बारे ग्राहकलाई जानकारी भएन भने राम्रो बिक्री हुन सक्दैन । तसर्थ आफ्नो वस्तु वा सेवा बारे र आफ्नो व्यवसायले प्रदान गर्ने सुविधाबारे ग्राहकलाई प्रवद्र्धनात्मक क्रियाकलापद्वारा जानकारी दिलाउन सक्नुपर्छ । प्रवद्र्धनात्मक क्रियाकलाप अन्तर्गत विज्ञापन,–रेडियो, टि.भि, पत्रपत्रिकाबाट, व्यक्ति बिक्री, बिक्री प्रवद्र्धन, – नमूना वा उपहार दिएर, जनसंपर्क, व्यक्तिगत सिफारिश आदि पर्दछन् ।

४. स्थान

स्थान भन्नाले व्यवसाय स्थापित भएको ठाउँ भन्ने जनाउँदछ । स्थान विशेष गरी खुद्रा व्यापारी वर्ग तथा सेवा मूलक व्यवसायलाई बढी महत्वपूर्ण हुन्छ । कारण त्यस्ता किसिमका व्यवसायको ग्राहकहरूसँग प्रत्यक्ष संपर्क हुने हुनाले ग्राहकहरू नजिक भएको ठाउँ वा बजारको वरिपरि नै व्यवसाय स्थापना गनु पर्दछ । स्थान अन्तर्गत वस्तुको वितरण प्रणाली पनि पर्दछ । वितरण प्रणाली भन्नाले तयारी वस्तुलाई उत्पादकबाट अन्तिम उपभोक्तासम्म पु¥याउन अपनाइने विभिन्न माध्यमहरू भन्ने बुझिन्छ । वितरण प्रणाली विशेष गरी उत्पादनमूलक व्यवसायलाई बढी महत्वपूर्ण हुन्छ । साधारणतया धेरै जसो उद्योग÷व्यवसायहरू ग्राहक नजिक वा बजारको वरिपरि नै हुनुपर्छ भन्ने छैन । कारखाना, गोदमघर, जमीन आदिको भाडा बजार क्षेत्रमा महँगो हुनसक्छ । साथै कच्चा पदार्थ ढुवानी गर्न, लोड, अनलोड गर्न बजारमा असुविधा हुनसक्छ । तसर्थ यदि व्यवसायबाट उत्पादित वस्तु वा सेवा ग्राहक भएको स्थानमा छैन वा ग्राहक नजिक छैन भने, आफ्नो वस्तु वा सेवा ग्राहकले सजिलैसँग प्राप्त गर्नसक्ने स्थानमा उपलब्ध गराउन सक्नुपर्छ । यसका लागि उपयुक्त तथा व्यवस्थित वितरण प्रणाली अपनाउनु पर्दछ ।

वितरणको माध्यम छनोट गर्दा वस्तुको किसिम, ग्राहकको किसिम, मध्यस्थकर्ताको किसिम, वितरण नीति, वित्तीय स्थिति, लागत, समय आदिलाई ध्यान दिनुपर्दछ । वस्तु वितरणका माध्यमहरूलाई यसरि पछ्याउन सकिन्छ । उत्पादक – थोक बिक्रेता – खुद्रा बिक्रेता – उपभोक्ता,उत्पादक – खुद्रा बिक्रेता – उपभोक्ता,उत्पादक – उपभोक्ता,उत्पादक – एजेन्ट – खुद्रा बिक्रेता – उपभोक्ता,उत्पादक – थोक बिक्रेता – एजेन्ट – खुद्रा बिक्रेता – उपभोक्ता,उत्पादक – एजेन्ट – थोक बिक्रेता – खुद्रा बिक्रेता – उपभोक्ता उपरोक्त माध्यमहरू बाहेक वस्तु वितरणका अन्य माध्यमहरूमा गोदमघर, यातायातको साधन, वीमा कम्पनी, बैंक आदि व्यवसायको किसिम अनुसार अपनाउनु पर्ने हुन्छ ।

आजकालको प्रतिस्पर्धात्मक व्यावसायिक युगमा प्रतिस्पर्धीहरूभन्दा अगाडि बढ्न तथा आफ्नो व्यवसायको स्थायित्व कायम राख्न माथि उल्लेखित चारवटा बजारीकरणको समिश्रण बाहेक अन्य थप तीनवटा समिश्रणको आवश्यकता महसुस हुँदै आएको पाइन्छ, जसलाई हामी विस्तारित बजारीकरणको समिश्रण पनि भन्दछौं । ती समिश्रणहरू छन्,व्यक्तिः व्यक्ति भन्नाले उद्योग भित्रका संपूर्ण कर्मचारीहरू भन्ने जनाउँछ । कुनै पनि उद्योग÷व्यवसायलाई सफलतापूर्वक अगाडि बढाउनकालागि त्यस भित्रका संपूर्ण कर्मचारीहरू (प्रत्यक्ष तथा अप्रत्यक्ष) को महत्वपूर्ण भूमिका हुने भएकोले बजारीकरणको समिश्रणमा व्यक्तिहरूलाई पनि समावेश गर्नुपर्छ भन्ने कुराको महसुस हुँदै आएको पाइन्छ । यी कर्मचारीहरू आफ्नो काममा दक्ष वा निपुर्ण हुनुका साथै कामप्रति उत्तरदायी पनि हुनुपर्छ । यसका लागि संगठनको (उत्पादक) तर्पmबाट कामप्रति उत्साहित वा प्रेरित गर्ने खालका सुविधाहरू उपलब्ध हुनुपर्छ ।

प्रक्रियाः वस्तु वा सेवा सृजना गर्ने कामदेखि लिएर ती वस्तु वा सेवा ग्राहकहरूलाई उपलब्ध गराउने कार्यक्रम प्रक्रिया अन्तर्गत पर्दछ । कुनै पनि व्यवसायले आफ्नो प्रतिस्पर्धीलेभन्दा बढी फाइदा लिन दक्षतापूर्वक कार्य संचालन गर्नुपर्दछ । यसकालागि उत्पादन लागत घटाउने, गुणस्तर स्थिर राख्ने, काममा सरलता ल्याउने, मितव्यिता अपनाउने, क्षमताको राम्रोसँग प्रयोग गर्ने, कार्य दक्षता बढाउने, चुहावट कम गर्ने, ग्राहकको सुझाव माथि विचार गर्ने आदि कार्यहरू निरन्तर प्रक्रियाको रुपमा संचालन गर्नु पर्दछ ।ग्राहक सेवाको व्यवस्था ः साधारणतया ग्राहकको आवश्यकता वा चाहना अनुरुप वस्तु वा सेवा उपलब्ध गराउनु नै ग्राहकको सेवा हो । ग्राहक सेवा अन्तर्गत,ग्राहकको अर्डर स्वीकार गरेर सो वमोजिम वस्तु वा सेवा उपलब्ध गराउने ।कुनै गल्ती भएमा तुरुन्त त्यसमा सुधार गर्ने । ग्राहकको आवश्यकता अनुसार ठीक समयमा वस्तु वा सेवा प्रदान गर्ने ।बिल ठीकसँग बनाउने र ठीक समयमा बिल हस्तान्तरण गर्ने ।गुणस्तरहीन वस्तुको समयमै नियन्त्रण गर्ने ।ग्राहकको जिज्ञासाको उत्तर दिने ।
तसर्थ ग्राहक सेवा अन्तर्गत, कारोबार हुनु अगाडिको क्रियाकलपादेखि लिएर कारोबार भइसकेपछिको क्रियाकलापहरू समेत पर्दछ । तर आजकालको प्रतिस्पर्धात्मक व्यावसायिक युगमा प्रतिस्पर्धीहरू भन्दा अगाडि बढ्नका लागि आपूmले प्रदान गर्ने खास वस्तु वा सेवाभन्दा बढी सेवा दिएर ग्राहकलाई कसरी संतुष्टि प्रदान गर्न सकिन्छ भन्ने कुरा सोच्नु अनिर्वाय भइसकेको छ । संचालीत उद्यम,ब्यवसायको नियमत निकायहरुले उपलब्ध गराउने सेवा,सुवीधा, ब्यवसाय संचालन गर्ने मापदण्ड आदिको वारेमा पनि वेला वखत खोज गर्न आवश्यक हुन्छ यस्तै गरेर ग्राहकको इच्छा, आवश्यकता र चाहना, सुविधा आदिबारे ध्यान नपु¥याएको कारणले वस्तु गुणस्तरीय भए तापनि बिक्री वृद्धि वा बजारविस्तार भएको हुँदैन । बिक्री बढाउन वा बजारविस्तार गर्न ग्राहकको आवश्यकता पूरा गरी सन्तुष्ट पार्नु नितान्त आवश्यक हुन्छ । त्यसैले ग्राहकलाई सन्तुष्टि प्रदान गर्न उद्यमीहरूद्वारा विभिन्न उपायहरू अपनाइन्छन् । अरु उद्योगको भन्दा फरकपन ल्याई आप्mना ग्राहकलाई सन्तुष्टि दिने उद्यमीले नै व्यवसायमा सफलता हासिल गर्दछ । अरु उद्योगको भन्दा फरक तरिकाबाट ग्राहकलाई सन्तुष्ट प्रदान गर्न सर्वप्रथम अरु प्रतिस्पर्धी उद्यमीहरूले के कस्ता क्रियाकलापहरू गर्दैछन् र व्यसाको परिमार्जन तथा परिस्कृत गर्दा राज्यको विधमान निति,नियमहरु के कस्ता छन् भन्ने कुरा थाहा पाउनुपर्छ ।

उपर्युक्त कुराहरुको अध्यायन तथा खोज गरेर हाम्रो इच्छा र क्षमता अनुसारको यस क्षेत्रमा पाइने कृषि जन्य कच्चा पदार्थहरुको आधारमा कुनै पनि प्रकारले उद्योगहरुको स्थापना तथा संचालन गर्न सक्दछौ तर हामीमा उद्योग,ब्यवसाय संचालन गर्ने सोच वा इचछा,शक्ति भने अवश्य पनि हुन आवश्यक हुनाको साथै बजारिकरण समिश्रणको प्रकृया वा महत्व पनि थाहा पाउन जरुरी पर्दछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार