दुई वर्षमा माईजोगमाई गाउँपालिकाको सबै क्षेत्रमा विजुली पुग्‍ने

माईजोगमाई : ईलामको माईजोगमाई गाउँपालिका १ मलुमझुवा क्षेत्रमा विद्युत विस्तार भएको छ । शनिबान एक कार्यक्रममा गाउँपालिका अध्यक्ष जितबहादुर राईले विद्युतको स्वीच अन गरी विद्युत उद्घाटन गरे । माईजोगमाई गाउँपालिकाको सहयोगमा विद्युतको पोल, तार, ट्रान्समिटर उपलब्ध भएपछि सो क्षेत्रमा विद्युत विस्तार भएको हो । विद्युत पुगेसँगै मलुमझुवा बासीले खुसी व्यक्त गरेका छन् ।

त्यस क्षेत्रमा क्षेत्र नम्बर १ को पूर्वाधार विकास साझेदारी कार्यक्रमबाट १० लाख रुपैयाँको लगानीमा त्यस क्षेत्रमा विद्युत विस्तार गरिएको हो । वडाका १ सय ४ घरधुरी लाभान्वित भएको स्थानीय डम्बर निरौलाले नयाँ बुलन्दलाई जानकारी दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राईले आगामी २ वर्षमा माईजोगमाई गाउँपालिकाको सबै क्षेत्रमा विद्युत विस्तार भईसक्ने बताए । सूचना संचारको लागि समेत विद्युत आवश्याक रहेकाले सबै क्षेत्रमा विद्युत विस्तारको कामलाई तीब्रता दिइने अध्यक्ष राईले बताए ।

माईजोगमाई गाउँपालिका १ को शंखाबुङ र प्रेमेजुङ क्षेत्रमा पनि अब चाँडै विद्युत विस्तर सम्पन्न गर्ने माईजोगमाई गाउपालिका १ का वडाध्यक्ष यामकुमार कार्कीले बताए । स्थानीयको सहयोगमा विद्युत विस्तारको काम छोटो समयमा नै सम्पन्न भएको स्थानीयहरू बताउँछन् ।

कार्यक्रममा माईजोगमाई गाउँपालिका कार्यपालिका सदस्य याम रसाईलीसहित स्थानीयबासी र संचारकर्मीहरुको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार