
पाँचथर : पाँचथरको फिदिममा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेस परित्याग गरी समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।
शनिबार समाजवादी पार्टी फिदिम ९ नम्बर वडा समितिद्वारा शुभदिपावली तथा छठको अवशरमा आयोजित शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रममा नेकपा र कांग्रेस परित्याग गरी समाजवादी प्रवेश गरेका हुन् ।
समाजवादी पार्टी वडाअध्यक्ष नरेन्द्रकुमार लावतीको अध्यक्षता र केन्द्रीय सदस्य प्रेमराज लावतीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा शिल्पी महासंघका केन्द्रीय सदस्य एलबी रहपाल, जिल्ला अध्यक्ष लक्ष्मण लावती, राज चामलिड़, टिका नेम्बाङ, तिलकराम आड़देम्बे, सन्तोष तुम्बापो, राम लावती, बिमला आड़देम्बे, गजेन्द्र लावती, कुबेर आङदेम्बे, राकेश माङमु, रामबहादुर लावती, चन्डीका लावती लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा पंचायत र बहुदल आएपछी १/१ पटक गरि २ पटक वडा अध्यक्षमा निर्वचित गम्भीरहाङ लावती नेकपा परित्याग गरी समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।
गम्भीरहाङको नेतृत्वमा नेकपा परित्याग गरी दिलबहादुर लावती, पुष्पा तामाङ, सलिना तामाङ, बिनु तामाङ तथा कांग्रेस परित्याग गरी थर्कमान लावती र ईन्द्रबहादुर लावती समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।
त्यस्तै सोही कार्यक्रम मार्फत राजकुमार शंकरको अध्क्षतामा १७ सदस्यीय समिती चयन गर्दै फिदम ९ नम्बर वडा शिल्पी महासंघको समायोजन भएको छ ।
समितिका उपाध्यक्षमा भीमकुमार कामी, सचिव समिर संकर, सहसचिव आईतराज नेपाली र कोषाध्यक्षमा उर्मीला नेपाली चयन भएका छन् ।
सदस्यहरूमा बिराज शंकर, जीतबहादुर कामी, दल माया नेपाली, सुनिता तामाङ नेपाली, खडक कामी, नरमाया संकर, पूर्णमाया शंकर, धनमाया शंकर, रेनू शंकर, नरबहादुर शंकर, गंगा शंकर र बमबहादुर संकर रहेका छन् ।
कार्यक्रम शिल्पी महासंघका केन्द्रीय सदस्य एलबी रहपालको उपस्थितीमा भएको थियो ।






















































