
जमुना : इलामको जमुनामा जारी कागे गोल्डकपमा प्याङ फुटबल क्लब, जमुना सुनाखरी खेलसंघ, रेडपाण्डा इङला र हेलिबोट बरबोटे सेमीफाइनलमा प्रवेश गरेका छन् ।
शुक्रबार भएको दोस्रो क्वार्टरफाइनलमा चुलाचुली स्पोर्टिङ क्लबलाई हेलिबोट बरबोटेले ३-२ गोलले पराजित गर्दै सेमिफाइनलमा आफ्नो टिमलाई सुरक्षित राख्न सफल भएको छ । तेस्रो क्वार्टरमा सुनखरी खेल संघ जमुनाले इलाम गडीलाई २-१ गोलले पराजित गर्दै सेमिफाइनल पुगेको हो ।
त्यस्तै अन्तिम क्वाटरमा शान्तीडाँडालाई टाइब्रेकरमा ५-४ गोल अन्तरले पराजित गर्दै प्याङ फूटबल खेल संघ सेमीफाइनल प्रवेश गरेको हो । निर्धारित समयमा ३-३ गोल भई बराबरीमा खेल सकिएपछि टाइब्रेकरमा धकेलिएको थियो ।
यसअघि विहीबार भएको पहिलो क्वाटरबाट रेडपाण्डा इङला सेमीफाइनल प्रवेश गरिसकेको छ ।
प्रतियोगिता अन्तरगत शनिबार पहिलो सेमीफाइनलमा रेडपाण्डा इङला र हेलिबोट बरबोटे तथा दोस्रो सेमीफाइनलमा प्याङ फुटबल क्लब र सुनखरी खेल संघबीच हुने आयोजकले जनाएको छ ।
विजेताले नगद १ लाख १ सय ११ र उपविजेताले नगद ५० हजार ५ सय २२ रुपैयाँ पाउनेछन् । प्रतियोगिताको फाइनल १० कात्तिकमा हुनेछ ।






















































