
धरान : शुक्रबार समाजवादी पार्टी प्रदेश १ को समायोजन भएको छ । सुनसरीकाे धरानमा भएको समायोजन कार्यक्रममा प्रविण चाम्लिङको अध्यक्षतामा १ सय सदस्यीय नयाँ प्रादेशिक कार्यसमिति घोषणा भएको छ । साविक संघीय समाजवादी फाेरमबाट ५७ र साविक नयाँ शक्तिकाे तर्फबाट ४३ सदस्यीय समायोजन गरी १ सय सदस्यीय समिति घाेषणा भएकाे हाे ।
११ पदाधिकारीमध्ये साविक समाजवादी फाेरमले ४ उपाध्यक्ष, एक सचिव र एक कोषाध्यक्ष सहित ७ पदाधिकारी पाएको छ । साविक फोरमले पाएको ४ उपाध्यक्षमा क्रमशः दिपक याक्खा, घनश्याम कटुवाल, सविता यादव र राज कुमार यादव चयन भएका छन् । सचिवमा प्रेम वनेम, काेषाध्यक्षमा विनाेद नेम्वाङ चयन भएका छन् । साविक नयाँ शक्ति पार्टीले एक उपाध्यक्ष, एक मुख्यसचिव र दुई सचिवसहित ४ पदाधिकारी पाएको छ । उसले पाएको उपाध्यक्षमा उमेश थापा, मुख्य सचिवमा प्रभुराम श्रेष्ठ तथा सचिवद्वय भरत दाहाल र सुर्य राई चयन भएका छन् ।
समायोजन कार्यदल प्रमुख एवम् केन्द्रीय उपाध्यक्ष पर्शुराम खापुङकाे अध्यक्षता र समाजवादी पार्टीका केन्द्रीय परिषद अध्यक्ष डा. बावुराम भट्टराईको प्रमख आतिथ्यतामा भएको थियो । कार्यक्रममा केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादव, वरिष्ट नेता अशाेक राई, उपाध्यक्ष युवराज कार्की, रकम चेम्जाेङ लगायतका केन्द्रीय नेताहरूकाे उपस्थिति रहेकाे थियाे ।
काे-काे परे त सदस्यमा ? पुरा हेर्नुहाेस् :
साविक संघीय समाजवादी फाेरमकाे तर्फबाट



साविक नयाँ शक्ति पार्टीकाे तर्फबाट

















































