
फाकफोकथुम : फाकफोकथुम गाउँपालिकास्थित आमचोकमा जारी तेस्रो सिरिजंगा खुल्ला नकआउट फुटबल प्रतियोगितामा प्रि क्वाटर फाइनलका तीन वटा खेल सम्पन्न भएका छन् ।
पाथीभरा क्लब एकतप्पा र भएको पहिलो खेलमा १ का विरुद्ध २ गोल गर्दै टिएससि पाँचथर विजयी बन्यो ।
फाकफोकथुम ४ फूएतप्पा र जुनियर एफसि पाँचथरबीच भएको दोस्रो खेलमा ० का विरुद्ध ३ गोल गर्दै फाकफोकथुम ४ विजयी भयो । जुनियर एफसिले गोल गर्ने धेरै अवसर पाएपनि गोल गर्न नसकेपछि घर फर्कनुप¥यो ।
आमचोक युवा समूह र हिमशिखर युवा समूहबीच आज भएको तेस्रो खेलमा हिमशिखरले आमचोक युवा समूहलाई ० का विरुद्ध १ गोल गर्दै आफ्नो खेल यात्रा जारी राखेको छ । अन्तिम खेलमा कुहिरो लागेपछि खेल उत्साहपूर्ण बनेन् । निरन्तर कुहिरोको बापजुत पनि खेल सम्पन्न भएको छ ।
भोलीको खेल ब्लाकस्टार कोल्बोटे र तुम्याहाङ पाँचथर, ठिंगेपुर युवा समूह र युमामाङ युवा समूह तथा टिवाईसि मंगलवारे र स्व.गजराज योङहाङ अमाली फाउण्डेशन ट्रस एकतप्पाबीच खेल हुने आयोजकले जनाएको छ ।
सिरिजंगा सांस्कृतिक परिवार फाकफोकथुम–३ को आयोजनामा शुभ दिपावलीको अवसरमा आयोजित प्रतियोगितामा देउमाई नगरपालिका, माङसेबुङ गाउँपालिका, पाँचथरको फाल्गुनन्द गाउँपालिकालगायत विभिन्न गाउँपालिका तथा नगरपालिकाका ३६ टीमको सहभागिता रहेको छ ।
५२ हजार पुरस्कार राशीको खेलमा उपविजेताले २६ हजार नगद, मेडल र प्रमाण पत्र पाउनेछन् । खेलमा उत्कृष्ठ खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई पुरस्कार तथा प्रमाण पत्र प्रदान गरिने आयोजक समितिका सल्लाहकार हिमेस लिम्वूले जानकारी दिनुभयो । प्रतियोगितामा सहयोगी हातहरु समेत बढ्दै गएका छन् । खेलको फाइनल कात्तिक १५ गते हुने आयोजकले जनाएको छ ।






















































