इलामकाे पशुपतिनगर बजार सुनसान

इलाम : दैनिक लाखौं रुपैयाँको कारोबार हुने पशुपतिनगर नाकाको बजार सुनसान छ । भारतीय सुरक्षाकर्मीले नाकामा २५ हजारभन्दा बढी नगद बोक्दा जफत गर्न थालेपछि पशुपतिनगर सुनसान बन्न थालेको हो ।

इलामको पशुपतिनगर बजारमा चहलपहल भने देखिदैन । चाडबाडमा हरेक मानिसले खाद्यान सँगै लत्ताकपडा किन्न बजार जाने भएपनि यो बजार अहिले सम्म सुनसान छ । अन्य बजार भन्दा नाका नजिक रहेको बजारमा केही मूल्य कम हुन्छ भनेरे पनि सिमाना नजिकै रहेका बजार जाँदा सस्तोमा सामान पाईन्छ भन्ने सर्वसाधारणमा हुने गरे पनि यसपालि पशुपतिनगरको बजारमा चहलपहल बढ्न सकेको छैन ।

यो समय भीडभाड हुने सिजन हो तर सुनसान छ पशुपतिनगर बजार । नाकामा भारतीय सीमा सुरक्षा बल (एसएसवी) ले शरीर खानतासी गरेर रकम जफत गर्न थालेपछि पशुपतिनगर बजार सुनसान रहेको हो । यहाँ दार्जेलिङबाट दैनिक आउने सयौं भारतीय पर्यटक पशुपतिनगर आएर सामग्री खरिद गर्ने र यसबाट लाखौंको कारोबार हुने गरेको थियो तर अहिले बजारमा चलपल नै छैन ।

स्थानीय व्यापारिका अनुसार गत वर्ष यो अवधि सम्ममा दैनिक ५० लाखको कारोबार भएको थियो तर अहिले मुस्किलले १० लाखसम्मको कारोबार भएको बताउँछन । व्यापार सुक्दै जाँदा अधिकांश व्यापारी विस्थापित भइ भारतको सिलिगुडी, काठमाण्डौं, विराटनगर, झापाको बिर्तामोडलगायत सहर गएका छन् ।

इलाम, पाँचथर र ताप्लेजुङ क्षेत्रमा उत्पादित सामग्री निर्यात गर्न सहज र छोटो बाटो हुने पशुपतिनगर नाकामा भारततर्फ अध्यागमन, प्लान्ट क्वारेइन्टेन खोल्न पहल गर्न सरकारलाई आग्रह गरे पनि सुनुवाइ नभएको स्थानीयको गुनासो छ । २०३६ सालमा स्थापना भएको पशुपतिनगर बजारमा ९० प्रतिशत ग्राहक भारतीय पर्यटक, व्यापारी र सर्वसाधारण हुने गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार