
कैलाली : सञ्चारकर्मी तथा सांसद रेशम चौधरीलाई बिना शर्त ससम्मान रिहाइ सहित ९ बुँदे धनगढी घोषणा पत्रजारी गर्दै फोनिज सुदुरपश्चित प्रदेशको प्रथम ऐतिहासिक प्रादेशिसक महाधिवेशन सम्पन्न भएको छ ।
बिहीबार धनगढीमा भएको प्रादेशिक महाधिवेशनले टीकापुर घटनाको अरोपमा जेल जिवन बिताई रहेका सांसद तथा सञ्चारकर्मी चौधरीलाई विना शर्त ससम्मान रिहाई सहित नौ बुँदे धनगढी घोषणा पत्र जारी गरेको हो ।
महाधिवेसनबाट जारी धनगढी घोषणापत्रमा आम सञ्चारलाई पूर्ण समावेशी बनाउन प्रदेश सरकारले बनाउने सञ्चार संग सम्बन्धित ऐन कानून पूर्ण समावेशी सिद्धान्तका आधारमा बनानु पर्ने सञ्चारकर्मी रेशमलाल चौधरीलाई विना शर्त स–सम्मान रिहाइ, सुदूरपश्चिम प्रदेशका सबै जिल्लाहरुमा कार्यरत आदिवासी जनजाति पत्रकारहरुको लगत संलकन गरी शाखा विस्तार गर्ने लगायत रहेको छ ।
त्यस्तै मातृभाषाका सञ्चारमाध्यमको बृतिविकासको लागि प्रदेश सरकार तथा स्थानीय सरकारको तर्फबाट आवश्यक आर्थिक सहयोग माग गर्ने, स्थानीय तह तथा प्रदेश सरकार संग समन्वय गरी आदिवासी जनजाति पत्रकारहरुको क्षमता अभिबृद्धिका कार्यक्रम तथा गतिविधि सञ्चालन गर्ने, हालसम्म आदिवासी जनजाति पत्रकार महिलाहरुको संख्या अति न्यून भएकोले उहाँहरुको संख्यात्मक र गुणात्मक स्तर बृद्धिमा विशेष जोड दिने, मूलधारको सञ्चारमाध्यममा आदिवासी जनजाति पत्रकारहरुको पहुँच बृद्धि गर्ने साथै आदिवासी जनजातिबाट सञ्चालित सञ्चारमाध्यमको स्तर बृद्धिको लागि पैरवी गर्ने, आदिवासी जनजातिको पहिचान र सवालको विषयलाई सञ्चारमाध्यमबाट उठान गर्ने लगायत बुँदा घोषणापत्रमा जारी रहेको छ ।


























































