तेस्रो सिरिजंगा प्रतियोगिता : बिहीबार चार खेल सम्पन्न

  गोविन्द लामिछाने
0 Shares

फाकफोकथुम : इलामको फाकफोकथुम गाउँपालिकास्थित आमचोकमा जारी तेस्रो सिरिजंगा खुल्ला नकआउट फुटबल प्रतियोगितामा आज चार खेल सम्पन्न भएका छन् ।

फुङ्मा युवा समूह फूएतप्पा र ब्रदर्श युनाईटेड आमचोकबीच आज भएको पहिलो खेलमा १ का विरुद्ध २ गोल गर्दै फुङ्मा युवा समूह विजयी बन्दै प्रि क्वाटर फाइनलमा प्रवेश गरेको हो । धेरै अवसर प्राप्त गरेपनि आमचोकले कुनै गोल गर्न सकेन् ।

ब्लाकस्टार फुटबल क्लब कोल्बोटेले गजुरमुखी बी लाई ० का विरुद्ध ४ गोल गर्दै प्रि क्वाटर फाइनलको यात्रा तय गरेको हो । गजुरमुखीले खेलमा कुनै पनि गोल गर्न नसेकर बाहिरिनु प¥यो ।

ह्वाइटस्टार आमचोक र केएफसि आमचोकबीच भएको तेस्रो खेलमा केएफसिले ० का विरुद्ध ५ गोल गर्दै आफ्नो स्थान सुरक्षित ग¥यो ।

वाइटीवाई एफसि फूएतप्पालाई ० का विरुद्ध २ गोल गर्दै मावोहाङ श्रृजनशील एफसि फाक्तेप प्रि क्वाटर फाइनलमा प्रवेश गरेको हो । आजदैखि पहिलो चरणका सबै खेल सम्पन्न भएका छन् ।

शुक्रबार टिएससि फाकफोकथुम ४ र पाथीभरा क्लब एकतप्पा, जुनियर एफसि पाँचथर र फाकफोकथुम ४ तथा आमचोक युवा समूह र हिमशिखर युवा समूहबीच प्रि क्वाटर फाइनलका खेल हुने आयोजकले जनाएको छ ।

सिरिजंगा सांस्कृतिक परिवार फाकफोकथुम–३ को आयोजनामा शुभ दिपावलीको अवसरमा आयोजित प्रतियोगितामा देउमाई नगरपालिका, माङसेबुङ गाउँपालिका, पाँचथरको फाल्गुनन्द गाउँपालिकालगायत विभिन्न गाउँपालिका तथा नगरपालिकाका ३६ टीमको सहभागिता रहेको छ ।

५२ हजार पुरस्कार राशीको खेलमा उपविजेताले २६ हजार नगद, मेडल र प्रमाण पत्र पाउनेछन् । खेलमा उत्कृष्ठ खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई पुरस्कार तथा प्रमाण पत्र प्रदान गरिने आयोजक समितिका सल्लाहकार हिमेस लिम्वूले जानकारी दिए । प्रतियोगितामा सहयोगी हातहरु समेत बढ्दै गएका छन् । प्रतियोगितामा लोकप्रसाद ढकालले एक हजार ५० र सन्तोष आचार्यले ५०० रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

फाइनल कात्तिक १५ गते हुने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार