माइजोगमाई : इलामको माइजोगमाई गाउँपालिका २ जोगमाईमा जारी दोश्रो संस्करणको लभ्ली फूटबल प्रतियोगितामा फ्रेण्डसिप फूटबल क्लब जोगमाई र ंडांयनामिक फूटबल क्लब रुङसुङ सेमीफाइनलमा प्रवेश गरेका छन् ।
बुधबार सम्पन्न पहिलो खेलमा आयोजक लभ्ली फूटबल क्लब जोगमाईलाई ७ —१ फराकिलो गोल अन्तरले पराजित गर्दै फ्रेण्डसिप फूटबल क्लब सेमीफाइनलमा प्रवेश गरेको हो । दोश्रो खेलमा डायनामिक फूटबल क्लब रुङसुङले बरबोटे स्पोर्टिङ्ग क्लब फिक्कललाई ३—१ गोल अन्तरले पराजित गर्दै सेमीफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
प्रतियोगिताको विजेताले नगद एक लाख र उपविजेताले ५० हजार सहित ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।
प्रतियोगिताको सेमीफाइनल अन्तर्गतका खेलहरु आगामी १५ कार्तिकमा हुने आयोजकले जनाएको छ । फाइनल प्रवेशका लागि फ्रेण्डसिफ फूटबल कल्ब जोगमाई र आरआरसी प्याङ आमनेसामने हुने छन भने डायनामिक फूटबल कल्ब रुङ्गसुङले र रेड डेविल्स नयाँबजारको सामना गर्ने आयोजक समितिका उपाध्यक्ष तथा प्रचार प्रसार समितिका प्रमुख प्रदिप खँड्काले जानकारी दिए ।
प्रतियोगितामा २४ टीमको सहभागिता रहेको छ ।
लभ्ली युवा क्लब जोगमाइको आयोजनामा शारदा आधारभूत विद्यालयको खेल मैदानमा जारी प्रतियोगिताको फाइनल खेल आगामी १६ कार्तिकमा सम्पन्न हुनेछ ।






















































