माईथुम्की पुष्पाञ्‍जली गोल्डकप : आयोजक एमपीसी र आदिवासी जनजाति फाइनलमा


माङसेबुङ : एमपीसी र आदिवासी जनजाति बी इलामको माङसेबुङमा जारी माईथुम्की पुष्पाञ्जली गोल्डकप २०७६ को फाइनलमा प्रवेश गरका छन् ।

मंगलबार सम्पन्न अन्तिम सेमीफाइनलमा प्रतिष्पर्धी टिमलाई पराजित गर्दै उपाधि नजिक पुगेका हुन् । पहिलो सेमिफाइनलको पहिलोमा माइ नगरपालिका १ माझिटारलाई ४–३ गोल अन्तरे पराजित गर्दै आदिवासी जनजाति बि सिङफेरे फाइलनमा पुगेको हो ।

माझिटारको तर्फबाट खेलको ११ औं मिनेटमासन्तु लिम्बुले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएको थियो । त्यस्तै १४ औं मिनेटमा पुनः माझिटारकैसन्तोस लिङ्देनले दोस्रो गोल गर्दै खेलको अग्रता कायमै राखेका थिए । पहिलो हाफसम्म २–० को नतिजा निकालेको माझिटारले दोस्रो हाफमा भने सन्तोष जनक खेल्न सकेन ।

त्यसैको फाइदा उठाउँदै दोस्रो हाफको १३ औं मिनेटमा आदिवासी जनजाति बीको तर्फबाट ओमप्रकाश तामाङले गोल फर्काउदै आफ्नो टिमलाई खेलमा फर्काउन कोसिस गरेका थिए । जनआदिवासीको तर्फबाट नै दोस्रो हाफको १८ औं मिनेटमा प्रविण राई र २७ औं मिनेट सुसान्त कार्कीले एक एक गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएको थियो ।

आदिवासी जनजातिको तर्फबाट नै प्रविण राईले खेलको अन्तिम मिनेटमा दोस्रो गोल गर्दै टिमको जितलाई सुनिश्चित गरेका थिए भने माझिटारको तर्फबाट एडिसनल समयमा सान्तवना गोल फर्काउदै ४–३ को नतिजामा चित्त बुझाएका थिए । त्यससँगै आदिवासी जनजाति ी बि फाइनल प्रवेश गरेको छ । खेलमा माझिटारका गोलकिपर भिष्म लिङदेन म्यान अफ द म्याच घोषित भएका थिए ।

दोस्रो सेमीफाइनलमा आयोजक एमपीसीले भालुटार एलाई ६–० को फराकिलो नतिजा निकाल्दै फाइनल प्रवेश गरेको छ । दुवै टिमको उत्कृष्ट प्रर्दशन रहेको उक्त खेलमा नवौं मिनेटमा एमपीसीको तर्फबाट जिदान राईले सेन्टर छेउबाट प्रहार गरेको बलले जालि चुमेसँगै टिमलाई १–० को अग्रता दिलाएको थियो । त्यस्तै २२ औं मिनेटमा पुनः आयोजकका पुजन राईले दोस्रो गोल गर्दै टिमको अग्रता कायम गराएका थिए ।

खेलको पहिलो हाफसम्म २–० को नतिजा बनाएको एमपीसले दोस्रो हाफ अझ उत्कृष्ट खेल प्रदर्शन गर्दै २२ र २५ औं मिनेटमा गोल गर्दै नतिजालाई फराकिलो बनाएका थिए । आयोजककै तर्फबाट प्रदिप मगरले दोस्रो हाफको अन्तिम मिनेटमा १ गोल थपेका थिए । इन्जुरी समयमा पुन पुजन राईले गोल गरेसँगै खेलको म्यान अफि द म्याच समेत घोषित भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार