प्रथम आमन्त्रण नकआउट भलिबलको आयव्यय सार्वजनिक, नाफा १० हजार ! (भिडियो सहित)

  नयाँ बुलन्द  89 पटक हेरिएको

इलाम : इलामको ठूलो टुँडीखेलमा गत बैशाख २६ देखि २९ गतेसम्म सम्पन्न प्रथम आमन्त्रण नकआउट भलिबल प्रतियोगिताको आयब्यय सार्वजनिक गरीएको छ ।

आयोजक जिल्ला भलिबल संघले आयब्यय सार्वजनिक गरेको हो । उक्त प्रतियोगितामा ६ लाख ८० हजार आम्दानी भएको र ६ लख ७० हजार खर्च भएको कोषाध्यक्ष प्रबिण गुरुङ्गले जानकारी दिए । । संघको खातामा अहिले १० हजार रुपैंयाँ मौज्दात रहेको छ ।

उक्त प्रतियोगितामा बिजेताले एकलाख ५१ ह्जार र उपबिजेताले ५० हजार रुपैंया सहित बिभिन्न बिधाका उत्कृष्ठ खेलाडीलाई पुरस्कृत गरीएको संघका सचिब माधब सुवेदीले जानकारी दिए ।

संघले मंगलबार पत्रकार सम्मेलन गरेर आयब्यय सार्वजनिक गरेको हो । यसैक्रममा संघले आउँदो फागुन ३ गतेबाट ७ गतेसम्म पुरस्कार राशिमा बृद्धि गर्दै दोस्रो अन्तराष्ट्रिय आमन्त्रण भलिबल प्रतियोगिता गर्ने पनि जनाएको छ । बिजेताले २ लाख १ हजार र उपबिजेताले एकलाख एकहजार रुपैंयाँ पुरस्कार पाउनेछन् ।

सो प्रतियोगिता सम्पन्न गर्न १६ लाख खर्च हुने अनुमान गरीएको संघका अध्यक्ष डाकप्रसाद गौतमले बताए । उक्त प्रतियोगितामा भारत कोलकत्ताको भलिबल टिम समेत आउने भएका छन् । सो प्रतियोगितालाई पहिलो संस्करणको भन्दा ब्यबस्थित र भब्य बनाउने गरी आयोजक अहिले देखि नै लाग्न थालेको अध्यक्ष गौतमको भनाई छ ।

हेर्नुहोस् पत्रकार सम्मेलनको भिडियो :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार