
फाकफोकथुम : इलामको फाकफोकथुम गाउँपालिकास्थित आमचोकमा जारी तेस्रो सिरिजंगा खुल्ला नकआउट फुटबल प्रतियोगितामा एनएसटि फूएतप्पा र टि वाई सि मंगलवारे विजयी भएका छन् ।
सिएफसि आमचोक र टिवाईसि मंगलवारेबीच मंगलबार भएको पहिलो खेलमा ० का विरुद्ध १ गोल गर्दै टिवाईसिले विजयी हासिल ग¥यो । कडा घम्साघम्सीका बीच भएको खेलमा दिवस राईले गोल गरेर टीमलाई विजयी गराए ।
एफसि पारुहाङ हिकुनाम्वा र एनएसटि फूएतप्पाबीच भएको दोस्रो खेलमा हिकुनाम्वालाई ० का विरुद्ध १ गोल गर्दै एनएसटि फूएतप्पाले विजयी हासिल ग¥यो । एनएसटिका आयुस मगरले गरेको गोलनै निर्णायक बन्यो । पारुहाङले धेरै अवसर पाएपनि गोलमा परिणत हुन नसक्दा घर फर्किनुप¥यो ।
मंगलबार नै हुने भनिएको तेस्रो खेल युवासंघ फाकफोकथुम ७ को अनुपस्थितिमा स्व.गजराज योङहाङ अमाली स्मृति सोसल ट्रस फाकफोकथुम ७ स्वत विजेता घोषित भयो ।
सिरिजंगा सांस्कृतिक परिवार फाकफोकथुम–३ को आयोजनामा शुभ दिपावलीको अवसरमा आयोजित प्रतियोगितामा देउमाई नगरपालिका, माङसेबुङ गाउँपालिका, पाँचथरको फाल्गुनन्द गाउँपालिकालगायत विभिन्न गाउँपालिका तथा नगरपालिकाका ३६ टीमको सहभागिता रहेको छ ।
५२ हजार पुरस्कार राशीको खेलमा उपविजेताले २६ हजार नगद, मेडल र प्रमाण पत्र पाउनेछन् । खेलमा उत्कृष्ठ खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई पुरस्कार तथा प्रमाण पत्र प्रदान गरिने आयोजक समितिका सल्लाहकार हिमेस लिम्वूले जानकारी दिए ।
बुधबार सूर्याेदय वसन्त क्लब र फाकफोकथुम ५, जुनियर सराङ पाँचथर र हिमशिखर युवा समूह तथा आमचोक युवा समूह र केएफसि आमचोक ए बीच खेल हुने आयोजक समितिका सचिव सन्देश लिम्वूले जानकारी दिए । खेल हेर्न टाढा–टाढाबाट खेलप्रेमीहरुको उत्साहपूर्वक सहभागिता रहेको थियो । खेलको फाइनल कात्तिक १५ गते हुने आयोजकले जनाएको छ ।















































