डटलिङक शिक्षाबाट सामाजिक सेवामा

  नयाँ बुलन्द  102 पटक हेरिएको


धरान : शैक्षिक क्षेत्रमा सेवा गर्दै आएको धरानमा स्थापित डट्लिङकले समाज सेवा पनि गर्ने योजना अगाडि सारेको छ ।

डट्लिङ्कको १७ औं स्थापना दिवस मनाउने क्रममा डट्लिंकका निर्देशक सन्तोष कुरुङ्बाङ आगामी १८ स्थापना दिवसमा शैक्षिक राहत प्रदान गर्ने योजना रहेको बताए । जसमा जेहेन्दार छात्रवृत्ति, शैक्षिक छात्रवृत्ति कोष लगायत कसरी हुन्छ शैक्षिक क्षेत्रमा प्रोत्साहन गर्ने योजना रहेको बताए । त्यस सम्बन्धी राशी भने सोही दिन नै सार्वजनिक गर्ने बताए । त्यस अवधिभित्र सबै तयार गरिने कुरा सन्तोष कुरुङ्बाङले बताए ।

डटलिङ्कले क्षैक्षिक क्षेत्रमा वैदेशिक अध्ययन गर्न जाने विद्यार्थीको लागि शैक्षिक परामर्श कम्प्युटर सम्बन्धी तालिम भाषा बारे प्रशिक्षण दिइदै आइरहेको छ । धरानमा स्थापित संस्थाको रुपमा १६ वर्षको समयावधि पार गरेको बताए । यस अवधिमा कम्प्युटर सम्बन्धि कक्षा संचालन गरेर दक्ष जनशक्ति उत्पादन गरेको दाबी गरे।डट्लिंकले उत्पादन गरेको जनशक्तिले कम्प्युटर सम्बन्धि पेशालाई अंगालेर जीविकोपार्जन गरिरहेको जनाए । अहिले विभिन्न भाषा कक्षा सहित वैदेशिक अध्ययनको लागि शैक्षिक परामर्श दाताको रुपमा अगाडि बढेको जनाए ।

मोफसलका विद्यार्थीहरु राजधानी धाउनुपर्ने भएकोले आगामी दिनमा राजधानी धाउन नपर्ने वातावरण बनाउन धरानबाटै सबै काम गरि सेवा दिने योजनामा डट्लिंक रहेको बताए । निर्देशक कुरुङ्बाङले अध्ययनको नाममा विद्यार्थी अबिभावक ठगिदै आएकोले यसरी ठगिनबाट बचाउन आवस्यक कानुन सरकारले ल्याउनुपर्ने बताए ।

देश संघीयतामा गएकोले अधिकार बाँडफाँडबारे केही अन्योलता सिर्जना भएको बताए । त्यही अन्योलको फाईदा लिइदै कतिपय शैक्षिक संस्था बिना दर्ता सन्चालनमा आएको भन्दै त्यसले अबिभावक ठगिने बताए ।

डट्लिंकले हाल जापानी, कोरिएन, अङ्ग्रेजी भाषाका कक्षा लिइरहेका छन् । वैदेशिक अध्ययनको लागि जापान, युरोप, अस्ट्रेलिया, युके, क्यानडा लगायतका  देशको लागि परामर्श र सहजीकरण गरिरहेका छ्न् ।

१७ स्थापना दिवसमा केक काटेर खुशी बाँडेका थिए । केकलाई भुपु सैनिक समाजसेवी गजेन्द्र इस्बोले काटेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार