
फाकफोकथम : इलामको फाकफोकथुम गाउँपालिकास्थित सिंहदेवी माध्यमिक विद्यालयको खेलमैदानमा जारी तेस्रो सिरिजंगा खुल्ला नकआउट फुटबल प्रतियोगितामा जुनियर एफसि पाँचथर र फाकफोकथुम ४ फूएतप्पा विजयी भएका छन् ।
जुनियर एफसी पाँचथर र खाम्वाङ फुटबल क्लब खाम्वाङबीच भएको पहिलो खेलमा निर्धारित समयमा दुवै टीमबाट गोल हुन नसकेपछि गोलको निर्णय टाईब्रेकरबाट लिइएको थियो । टाइबे्रकरमा जुनियर एफसि पाँचथरले २ गोल अन्तरले खाम्वाङ फुटबल क्लबलाई पछि पारेको थियो ।
दोश्रो खेलका लागि धुसेनी ११ निर्धारीत समयमा उपस्थित नभएपछि युमामाङ युवा समूह स्वत विजेता घोषित भयो ।
फाकफोकथुम ४ फूएतप्पा र आमचोक ८ बीच भएको तेस्रो खेलमा फाकफोकथुम ४ फूएतप्पाले ० का विरुद्ध ४ गोल गर्दै टीमलाई विजयी गरायो । फूएतप्पाका तर्फबाट विसुहाङ राईले २ गोल तथा रोहन मगर र पुजन राईले १÷१ गोल गरी टीमलाई अग्रता दिलाए ।
प्रतियोगिता अन्तरगत मंगलबारको पहिलो खेल सिएफसि आमचोक र टिवाईसि एकतप्पा, दोस्रो खेल पारुहाङ एफसि हिकुनाम्वा र एनएसटि फूएतप्पा तथा तेस्रो खेल युवा संघ फाकफोकथुम ७ र स्व.गजराज योङहाङ अमाली स्मृति सोसल ट्रस फाकफोकथुम ७ बीच हुने जनाइएको छ ।
सिरिजंगा सांस्कृतिक परिवार फाकफोकथुम–३ को आयोजनामा शुभ दिपावलीको अवसरमा आयोजित प्रतियोगितामा देउमाई नगरपालिका, माङसेबुङ गाउँपालिका, पाँचथरको फाल्गुनन्द गाउँपालिकालगायत विभिन्न गाउँपालिका तथा नगरपालिकाका ३६ टीमको सहभागिता रहेको छ । प्रतियोगितामा नेकपाका वडासदस्य युवराज लामिछानेले पाँच हजार र दिलेन्द्र थेगिमले दुई हजार पाँच सय ५५ रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।
५२ हजार पुरस्कार राशीको खेलमा उपविजेताले २६ हजार नगद, मेडल र प्रमाण पत्र पाउनेछन् । खेलमा उत्कृष्ठ खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई पुरस्कार तथा प्रमाण पत्र प्रदान गरिने आयोजक समितिका सल्लाहकार हिमेस लिम्वूले जानकारी दिए ।






















































