
काठमाडौं : बलात्कार प्रकरणमा प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई काठमाडौं जिल्ला अदालतले शनिबार (हिजो)देखि लागू हुनेगरी अझै पाँच दिन थुनामा राखी अनुसन्धान गर्न अनुमति दिएको छ ।
आइतबार प्रहरीले सात दिनको अनुमति मागेकामा अदालतले पाँच दिनको म्याद दिएको हो ।
यसअघि थपिएको म्याद शनिबार सकिएकाले सोहीअनुसार म्याद थप गरिएको हो ।
आइतबार अदालतमा उपस्थित गराउनुअघि महरालाई सरकारी वकिलको कार्यालय लगी बयान लिइएको थियो ।
करिब सात घन्टा बयान लिएपछि साँझ ५ बजेपछिमात्रै अदालत पुर्याइएको थियो ।
म्याद थपिएपछि उनलाई पुनः नर्भिक अस्पताल नै फर्काइएको छ ।
पक्राउलगत्तै उच्च रक्तचाप र मुटुमा समस्या देखिएको भन्दै महरा नर्भिक अस्पतालमा बस्दै आएका छन् ।
संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले आफूमाथि बलात्कार प्रयास गरेको भन्दै किटानी जाहेरी दिएपछि प्रहरीले महरालाई गएको असोज १९ गते बालुवाटारस्थित सभामुख निवासबाटै पक्राउ गरेको थियो ।
‘बहकिएर बयान’
यसैबीच, पीडित भनिएकी महिला रोशनी शाहीले आफू बहकिएर महराविरुद्ध बयान दिएको भन्दै आइतबार अदालतसमक्ष जाहेरी दिएकी छन् ।
यसअघि, सोही व्यहोराको जाहेरी प्रहरीमा दिँदा प्रहरीले बुझ्न नमानेको भन्दै उनले अदालतमै जाहेरी बुझाएकी हुन्






















































