नेकपा, कांग्रेस र राजपा परित्याग गरी हज्जारौं नेता कार्यकर्ता समाजवादीमा प्रवेश

रौतहट :  समाजवादी पार्टीले शनिबार प्रदेश २ को रौतहटको गरुडामा एतिहासिक चिया पान तथा पार्टी प्रवेश कार्यक्रम गरेको छ ।

पार्टीका केन्द्रिय अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादवको प्रमुख आतिथ्यमा सम्पन सो जनसभा एवं पार्टी प्रवेश कार्यक्रममा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस र राजपा लगायत अन्य पार्टी परित्याग गरि १ हजार भन्दा बढीको संख्यामा समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

नवप्रवेशीहरुलाई फुलमालाले पार्टी अध्यक्ष यादवले स्वागत गरेका थिए । पछिल्लो समय समाजवादी पार्टीमा प्रवेश गर्ने लहर देशैभर चलेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार