जीतपुर माविद्वारा शिक्षक विदाई र विद्यार्थी सम्मान

  नन्दन सर्वत लिम्बू  289 पटक हेरिएको

जीतपुर : इलामको देउमाई नगरपालिका ९ स्थित जीतपुर माध्यमिक विद्यालयले पुनर्मिलन सम्मान र छात्रवृत्ति कार्यक्रममा शिक्षकहरुलाई बिदाई गरेको छ ।

कार्यक्रममा पूर्व प्रधानाध्यापक ८१ वर्षीय अरुण लामालाई सम्मान गरिएको छ । त्यस्तै पूर्व प्रधानाध्यापक खडानन्द अधिकारी, शिक्षक छत्र योङ्हाङ र ज्ञानु फुएललाई बिदाई गरेको हो ।

त्यस्तै गरेर प्रबिधि शिक्षाका लागि ५ सेट डेक्स्टप कम्प्युटर प्रदान गर्ने श्री १०८ गुरु कृष्णमणी महाराज गुरुलाई खादा र प्रमाणपत्र प्रदान गरि सम्मान गरिएको छ ।

त्यसै गरि २०७४ को माध्यमिक शिक्षा परिक्षा (एसइइ) परिक्षामा नेपाली विषयमा ए ग्रेड ल्याउने विद्यार्थी सुजाता मगर, दीक्षा मगर,पार्बता मोरोहाङ लिम्बू,र पार्बता निरौलालाई शशिभद्र छात्रवृत्ति पुरस्कार अन्तर्गत प्रमाणपत्र सहित १७ सय ५० नगद प्रदान गरिएको छ ।

शैक्षिक सत्र ७५ मा एसईईमा ए  ग्रेड ल्याउने अमृता लिम्बूलाई ७ हजार नगद प्रदान गरि सम्मान गरिएको छ ।

इन्द्रबहादुर कार्की स्मृति पुरस्कार अन्तर्गत कक्षा १२ को ब्याबस्थापन संकायमा उत्कृष्ट ( ७४/७५) विद्यार्थी छात्रा र छात्र अन्तर्गत क्रमश मनिशा बम्जन र निशान गिरि (७५/७६) छात्रातर्फ जुनु पोख्रेल र छात्रतर्फ चन्द्रप्रकाश श्रेष्ठलाई ३५ सय नगद प्रदान गरि सम्मान गरिएको छ ।

त्यस्तै जैमती परियार मेरी आमा पुरस्कार अन्तर्गत कक्षा १२ का उत्कृष्ट विद्यार्थी (७४/७५) छात्रा छात्र क्रमश कोपिला राई र नर्बु तामाङ पुरस्कृत भए भने शैक्षिक सत्र (७५/७६) सिर्जना बम्जन र सचिन परियार पुरस्कृत भएका छ्न् ।

त्यस्तै कक्षा ८ को जिल्ला स्तरीय परीक्षा २०७५ मा उत्कृष्ट ग्रेड ल्याउने विद्यार्थीलाई रोशन स्मृति पुरस्कार अन्तर्गत क्रमश प्रथम हुने प्रज्वल बराललाई ९ हजार नगद प्रमाणपत्र दोस्रो विद्यार्थी सुदिप कट्टेललाई ६ हजार नगद सहित प्रमाणपत्र र तेस्रो विद्यार्थी पुजन भट्टराईलाई ३ हजार नगद प्रमाणपत्र प्रदान गरि सम्मान गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिको अध्यक्ष खेम परियारको अध्यक्षता र जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बरालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बक्ताहरुले बयोबृद्ध पूर्व प्रधानाध्यापक अरुण लामाको योगदान र चर्चा गरेका थिए भने पुर्ब प्रधानाध्यापक खडानन्द अधिकारीको योगदानलाई अमुल्य अतुलनीय भनी चर्चा गरेका थिए । यसै गरि पुर्ब विद्यार्थी एकदेब खनाल र खगेन्द्र कट्टेलले पुर्ब विद्यार्थी समाजको स्थापनाको जरुरी रहेको बताएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार