इलामको माईपोखरीमा पर्यटक एवम् दर्शनार्थीको चाप बढ्दै

जाने हाेइत त धुम्न तपाइ पनी ?

इलाम : धार्मिक आस्थाको केन्द्र र जैविक विविधताले धनी क्षेत्रका रूपमा परिचित इलामको माईपोखरीमा पर्यटक बढ्न थालेका छन । सन् २००८ मा विश्व रामसार सूचीअन्तर्गत नेपालको नवौँ र मध्यपहाडी क्षेत्रको पहिलो रामसार क्षेत्र घोषणापछि यहाँ पर्यटक एवम् दर्शनार्थीको चाप बढ्दै गएको हो ।

नौवटा कुनामा पैmलिएको इलामको माईपोखरीलाई प्रकृतिको सुन्दरताका रूपमा लिइने गरिन्छ । बलिप्रथा निषेध रहेको यस क्षेत्रलाई साक्षात् देवीको रूपमा पूजा गरिँदै आएको छ । यस क्षेत्रमा मनोकामना पूर्ण होस् भनेर भाकल गर्ने र परेवा उडाउने प्रचलन रहेको भए पनि यो पोखरी कसरी उत्पती भयो भन्ने अहिले सम्म थहाँ नभएको स्थानियको भनाइ छ ।

कुनै समयमा पोखरी वरिपरिका रूख बिरुवाबाट पोखरीमा खसेका पात पतिंगरहरू चराचुरुंगीहरूले टिपेर बाहिर फ्याँक्ने तथा पोखरीमा पञ्चेबाजा, शंखघण्ट बज्ने गरेको र हाल पनि पोखरीबाट अकस्मात अनौठो ज्योति निस्कने र तुरुन्तै लोप हुने गरेको जानकारहरु बताउँछन् । द्वापर युगको अन्त्यमा पाँच पाण्डवहरू वनवासमा रहने क्रममा बराहक्षेत्र, अर्जुनधारा हुँदै माईपोखरीसम्म आई फर्किएको भन्ने भनाइ पनि छ । माईपोखरीलाई हिन्दू, बौद्ध र किराँत मुन्धुम धर्मको आस्थाका रूपमा लिइन्छ । माईपोखरी परिसरमा बैशाखे पूर्णिमा र ठूली एकादशीका दिन माईपोखरीमा विशेष पूजा अर्चना र मेला लाग्ने प्रचलन छ । सबै धर्म संस्कृतिको संगम रहेको माईपोखरीले सिंगो इलामको सांस्कृतिक सभ्यतालाई प्रतिविम्बित गर्ने इलाम जिल्ला सम्बन्य समिती प्रमुख गण्ेश बरालको भनाइ छ ।

माईपोखरी क्षेत्र जैविक विविधताका दृष्टिले समेत उत्तिकै महत्त्वपूर्ण रहेको छ । यस क्षेत्रमा चार प्रजातिका लालीगुराँस, तीन प्रजातिका चाँप, , १६ प्रजातिका सुनाखरी, ६२ प्रजातिका जडिबुटीसहित ३०० प्रजातिका फूल फुल्ने र नेपालमा मात्र पाइने गलैँचे झ्याउ, लेउ, उन्यूलगायतका वनस्पति पाइन्छन् । यहाँ १२ प्रजातिका जलचर, छ प्रजातिका उभयचर, तीन प्रजातिका माछा, १४ प्रजातिका स्तनधारी र २०० भन्दा बढी प्रजातिका चराचुरुंगीहरू रहेका छन् । माईपोखरीमा खासगरी धार्मिक आस्थाका , प्राकृतिक सुन्दरता र सम्पदाको अवलोकन गर्न र वातावरणीय पक्षको अध्ययन, अनुसन्धान, गर्न मानिसहरू आउने गर्दछन ।

२ बर्ग किलोमिटर क्षेत्रफल भएको यस पोखरीको अर्धव्यास ७५० मिटर छ । मेची राजमार्ग को विव्ल्याँटे बजारबाट करिव १३ किलोमिटरको दुरीमा पर्ने यो क्षेत्र जैबिक विविधताको दृष्टिले पनि उत्तिकै महत्वपूर्ण रहेको छ । रामसार सुचिमा सुुुचीकृृत माइपोखरी इलाम बजारबाट १५ कि.मी. उत्तर २१३० मी.को उचाईमा रहेको छ । पैदल जाँदा इलाम विब्ल्याटे जसबिरे हुँदै करिब ३ घण्टामा पुग्न सकिन्छ । करिब १ सय ८८ हेक्टरमा फैलिएको र नौवटा कुनाहरू भएको प्राकृतिक एव धार्मिक सुन्दरताले भरीपुर्ण यो पोखरीको एक कुनाबाट अर्को कुना देख्न गाह्रो पर्दछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार