इलाम सदरमुकाममा सवारी पकिङ गर्न सीनेमा हल


इलाम  :इलाम सदरमुकाममा सवारी पकिङमा समस्या उत्पन्न भएपछि इलाम नगरपालिकाले पुरानो बसपार्क रहेको स्थानमा पार्किङ सहितको सीनेमा हल बनाउने गृहकार्य थालेको छ । यस्तै बजार व्यवस्थित रुपले संचालन गर्नका लागि विहिबारे हटिया लाग्ने स्थानमा सीटी मार्ट बनाउन थालिएको छ ।

चार तले मुख्यमंत्री बहुतले पार्किङ तथा सीनेमा हल बनाउनका लागि प्रदेश सरकारको २३ करोड ६१ लाख रुपैया बजेट खर्च हुने अनुमान छ । पाँच तले सीटी मार्टका लागि प्रदेश सरकारले एक करोड ३५ लाख लगानी गरेकोे नगर प्रमुख महेश बस्नेतको भनाइ छ ।

सार्वजनिक नीजि साझेदारीमा निर्माण भइरहेको सीटी मार्ट आगामी बैशाख सम्ममा सम्पन्न हुने निर्माण व्यवसायिको दावि रहेको छ । चारतले भवनमा दुइ वटा लिफ्ट सहित ९१ वटा पसल रहने छन् । अपाङग मैत्री भवनमा ३८ वटा सी सी क्यामेरा जडान गरिने भएको छ ।
नौ करोड ८० लाख लागतमा निमाण भइरहेको सीटी मार्ट निर्माण पछि अव्यवस्थित रुपमा संचालनमा रहेका कपडा पसल, मासु पसल र तरकारी पसल व्यवस्थित हुने भएको छ ।

सीटी मार्ट भवन निर्माणमा स्थानीय खुद्रा पसलेहरुले समेत लगानी गरेका छन् । यता मुख्यमंत्री बहुतले भवन निर्माणका लागि डिपीआर तयार गरी ठेक्का बन्दोबस्तीको तयारी भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार