
इलाम : मेची राजमार्गको इलाम माइखोला खण्डको सडक भासीने क्रम रोकिएको छैन । राजमार्गको ठाउँ ठाउँमा सडक भासीएपछि वर्षौदेखि यात्रा कष्टकर बन्दै गएको छ । डिभिजन सडक कार्यालयले आर्थिक वर्ष २०७१।७२ सालमा नै भासीएको सडक मर्मतका लागि ६ करोडमा ठेक्का लगाएको थियो । बल्ल तल्ल सकिएको निर्माण पनि भत्किएर पुन सडक भासीने क्रम रोकिएको छैन ।
निर्माण व्यवसायि स्व्च्छन्द सफल जे भीले पाँच वर्ष लगाएर नयाँ प्रविधिमा आधारीत रक एन्करिङ विधिबाट सडक मर्मत गरेको तर सबै नरोकिए पनि केही हद सम्म भासीन कम भएका डिभिजन सडक कार्यालय इलामका इञ्जिनियर ध्रुवकुमार झा को भनाइ छ ।
डिभिजन सडक कार्यालयले भासीएका सडक पुन मर्मतका लागि ठेक्का बन्दोबस्तीको तयारी गरेको छ । राजमार्गको माइखोला र चुरेघाँटी खण्डको भासीएको १२ किलोमिटर सडक खण्ड पुन निर्माणका लागि पाँच करोड खर्च हुने अनुमान छ ।
कार्यालयले गरेको अध्ययन अनुसार दश वर्षमा तीन मीटर सडक भासीएको देखिएको छ । सडक मर्मत पछि भासीएको तीन स्थान मध्ये दुइ स्थानमा समस्या नदेखिएको जनाएको छ । माइखोला भञ्ज्याड क्षेत्रमा ठाउँ ठाउँमा सडक भासिएकाले सबारी चालक तथा यात्रुलाई सडक पार गर्न समस्या रहेको छ ।






















































