रोजगारीका लागि मलेसिया पुगेका इलाम माङसेबुङका लिम्बूमाथी पर्‍यो बज्रपात !

  नयाँ बुलन्द  273 पटक हेरिएको

क्वालालम्पुर मलेसिया : नेपाल आदिवासी जनजाति महासंघ मलेसिया र नेपाली ब्यबसायी समाज मलेसियाद्वारा उच्च रक्त चापको कारण पूरै शरिर नचल्ने भएका इलाम जिल्ला माङसाबुङ गाउँपालिका २ पावा इभाङका दुर्गाबहादुर लिम्बूलाई आर्थिक सहयोग गरेको छ ।

लिम्बूको थप उपचारको लागि आदिवासी जनजाति महासंघ मलेसियाले पाँच सय रिंगेट र सगरमाथा रेष्टुरेन्ट ५१ रिंगेट, साईनाे रेष्टुरेन्ट ५१ रिंगेट , हाम्राे क्याफे ५१ रिंगेट, मण्डला रेष्टुरेन्ट ५१ रिंगेट, एभरेष्ट किचन रेष्टुरेन्ट ५५ रिंगेट, खाजाघर रेष्टुरेन्ट ५५ रिंगेट, लाङघालि माेबाईल पसल ३० रिंगेट, दिपज्योति रेष्टुरेन्ट ६० रिंगेट गरि जम्मा नौं सय चार रिंगेट नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष बिपिन राईको पहलमा सहयोग संकलन गरेको हो ।

दुर्गाबहादुर लिम्बु केही वर्षदेखि मलेसियामा अ बैधानिकरुपमा काम गर्दै आएका थिए । उच्च रक्त चापको कारण गत सेप्टेम्बरमा पूरै शरिर नचल्ने भएको थियो । उनलाई साथीहरूको सहयोगमा प्राथमिक उपचार पश्चात थप उपचारको लागि नेपाल ल्याउने तयारी भएको छ ।

कृपया सके सहयोग गर्दिनु होला नसके एक शेयर गरि सहयोगी हात सम्म पुर्याइदिन अनुरोध गर्दछौं ।

-नेपाल इनसाइडरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार