शनिबारदेखि कागे गोल्डकप सुरु हुँदै

जमुना : यस वर्षको कागे गोल्ड कप पुरुष नकआउट फुटबल प्रतियोगिता शनिबारदेखि सुरु हुँदैछ । गोल्डकपको सम्पूर्ण  तयारी पूरा भएको छ ।९ कात्तकिसम्म सन्चान हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक समितिका अध्यक्ष मिलन गुरुङले बताए ।

नेपाल र भारत गरि नाम चलेको २४ टिमको सहभागी हुनेछन् । गोल्ड कपका लागि नेपालका चर्चित क्लब आउन चाहेको भएपनि फेयर दिन नसकिने भएकाले फर्काउनु परेको आयोजकको भनाई छ ।

यस वर्ष खेल मैदान धेरै सुधार गरेको र दर्शकको चापलाई मध्यनजर गर स्थानीय बाँसको प्याराफिट समेत निर्माण गरिएको छ । खेलसँगै स्थानीय पर्यटन प्रवर्द्धनको मूल उद्देश्यले विगत ३४ वर्षदेखि अबिछिन्न रुपमा लाग्दै आएको कागे मेलामा आउने अतिथिहरुको लागि माईखोलादेखि आहाले भाझ्याङसम्म समेत सरसफाई गरिएको छ ।

सबैको बिदा हुने र उपयुक्त समयमा आयोजना हुने भएकोले इलामको माइभ्याली गोल्डकपपछि सबैभन्दा धेरै दर्शकको ओइरो लाग्ने कागे भएकोले पनि कागे सबैको नजरमा पर्दै आएको छ । एकातिर कागे नजिकै पर्यटकीय स्थाहरु प्रसस्त भएकोले पनि धेरै दर्शकहरु खेलसँगै ती ठाउँहरु घुम्न आउने गरेका छन् ।

बर्सेनि कागेको उचाईसँगै खेलाडीहरुको खेल मुल्य पनि बढ्दो छ । कागेमा खेल्ने धेरै खेलाडीहरु प्रतिखेल २ हजार ५ सयदेखि ४ हजार रुपैयाँसम्ममा अनुबन्ध भएका छन् । त्यसकारण आयोजकले पुरस्कार पनि बर्सेनि वृद्धि गर्दै गइरहेको छ । यस वर्ष विजेता टिमले नगद १ लाख २ सय २२ रुपैयाँको साथै ट्रर्फी , मेडल र प्रमाणपत्र पाउनेछन् । त्यस्तै उपिवजेताले नगद ५० हजार ५ सय ५५ रुपैयाँका साथ ट्रर्फी, मेडल र प्रमाणपत्र पाउनेछन् । साथै विभिन्न बिधाका उत्कृष्ट खेलाडीलाई समेत पुरस्कार रहेको आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार