लभ्ली फूटबल प्रतियोगिता : मानेडाँडा र बरबोटे विजयी

माइजोगमाई : इलामको माइजोगमाई गाउँपालिका २ जोगमाईमा जारी दोश्रो संस्करणको लभ्ली फूटबल प्रतियोगितामा शुक्रबार ब्वाइज युनियन मानेडाँडा गोर्खे र बरबोटे स्पोर्टिङ्ग क्लब विजयी भएका छन् ।

शुक्रबारको पहिलो खेलमा जनता सेभेन फिक्कल अनुस्थित भए पछि ब्याइज युनियन मानेडाँडा स्वतः विजयी भएको हो । दोश्रो खेलमा लक्की सेभेन जोगमाई अनुपस्थित हँदा बरबोटे स्पोर्टिङ्ग क्लब फिक्कल स्वतः विजयी भएको आयोजकले जनाएको छ ।

प्रतियोगिता अन्तर्गत शनिबार पनि दुई खेल हुने छ । शनिबारको पहिलो खेलमा आरआरसी प्याङ्ग र पानधाम स्पोर्टिङ्ग फिक्कल तथा दोश्रो खेलमा ब्राइटर स्पोर्टिङ्ग क्लब गोर्खे र आइएफसी प्याङ्ग मैदान उत्रिने आयोजक समितिका सचिव रमेश राईले जानकारी दिए ।

प्रतियोगिताको विजेताले नगद एक लाख र उपविजेताले ५० हजार सहित ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । प्रतियोगितामा २४ टीमको सहभागिता रहेको छ ।

लभ्ली युवा क्लब जोगमाइको आयोजनामा शारदा आधारभूत विद्यालयको खेल मैदानमा जारी प्रतियोगिताको फाइनल खेल आगामी १६ कार्तिकमा सम्पन्न हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार