आगलागी नियन्त्रणका लागि इलाममा फायर फाइटिङ ‘अभ्यास बारुण’ (भिडियो सहित)

  नयाँ बुलन्द  190 पटक हेरिएको

इलाम : आगलागीको भएको समयमा सुरक्षा सतर्कता कसरी अपनाउन सकिन्छ भन्ने बारेमा शुक्रबार जानकारी सहितको अभ्यास गराएइको छ ।

नेपाली सेनाको पशुपतिप्रसाद गण इलामले जिल्लाका सम्बन्धित सरोकारवाला निकायसँग यस बारेमा जानकारीसहित अभ्यास गराएको हो ।

प्रयोगात्मक ढंगबाट जानकारी गराउने क्रममा आगलागि भएको समयमा मानवीय क्षती हुन नदिन, आगलागि नियन्त्रण गर्नका लागि सम्बन्धित निकायको भूमिका कस्तो हुनुपर्छ लगायतका बिषयमा प्रष्टयाउने उद्येश्यका साथ यस कार्यक्रमको आयोजना गरेको पशुपतिप्रसाद गण इलामले जनाएको छ ।

आगलागी हुनसाथ सुरक्षा निकाय अन्तर्गत नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय तह, जिल्ला जनस्वास्थ्य कार्यालय, विपद व्यवस्थापन समिति, नेपाल रेडक्रस सोसाइटी लगायत सरोकारवालाको भूमिका कस्तो हुनुपर्छ भन्ने कुराहरुको बारेमा जानकारी गराइएको थियो ।

कुनै एक आगलागीको घटनालाई उदाहरण मान्दै सम्बन्धित पक्षको भूमिकाको अभ्यास समेत गरेर देखाइएको थियो ।

कार्यक्रममा सहभागीले आगलागीसहित विपदका समयमा सबै निकायको एकिकृत सहभागी भई मानवीय क्षती हुनबाट जोगाई उपलब्ध श्रोत साधनको अधिक प्रयोग गरी क्षति घटाउन सकिने बताएका थिए ।

यस्तै उद्धार तथा राहात कार्यलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने बिषयमा छलफल भएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख गणेशप्रसाद बराल, इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत, प्रमुख जिल्ला अधिकारी सीताराम कार्की, प्रहरी उपरीक्षक हीराबहादुर पाण्डे, नेपाल रेडक्रस सोसाइटी इलामका सभापति देवी गौतमसहित सशस्त्र प्रहरी प्रमुख, जिल्ला जनस्वास्थ्य कार्यालय, सञ्चारकर्मी सहितको उपस्थिती रहेको थियो ।

सो क्रममा सेनाले आगलागि भएको नमुना घटना प्रस्तुत गर्दै आगो नियन्त्रणमा सुरक्षा निकायले कसरी आगो नियन्त्रण गर्ने, उद्धार लगायतका कुराहरु कसरी गर्ने भन्ने बारेमा अभ्यास समेत गराएको थियो । कार्यक्रम पशुपतिप्रसाद गण परिसरमा भएको थियो ।

भिडियो हेर्नुहोस् :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार