जनता मावि चुलाचुलीमा ३ वर्षे सिभिल ईन्जिनियरिङको पढाई हुँदै

  नयाँ बुलन्द  130 पटक हेरिएको

चुलाचुली : इलामको चुलाचुली गाउँपालिका वडा नम्बर २ मा रहेको जनता उच्च माध्यमिक विद्यालयमा तिन बर्षे डिप्लोमा इन सिभिल ईन्जिनियरिङको पढाई यो बर्षबाट सुरु हुने भएको छ ।

एसईई वा एसएलसी उत्तिर्ण विद्यार्थीले यो विषय अध्यन गर्न सक्ने बताईएको छ । विद्यालयका प्रध्यासीनध्यापक लक्ष्मिईश्वर वनवरियाका अनुसार यो विषयको अध्यनका लागि इलाम जिल्ला अन्तर्गत चुलाचुलीको जनता उच्च मा.वि. ले मात्र स्विकृती पाएको हो ।

हाल तिन बर्षे डिप्लोमा इन सिभिल ईन्जिनियरिङ पठनपाठनकालागि सिटिइभिटीबाट प्रदेश न. १ अन्तर्गतका ४ जिल्लाका ५ वटा विद्यालयले मात्र स्विकृती पाएको छ । जसमा ताप्लेजुङको श्रीजङ्गा गाउँपालिका १ मा रहेको सिनाम मावि, ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका १२ मा रहेको सगरमाथा जनता मावि, मोरङको विराटनगर महानगरपालिका १ मा रहेको राधाकृष्ण भुपालमान सिंह कार्की मावि, मोरङकै सुन्दरहरैचा नगरपालिका ६ मा रहेको साजिजाल मावि र इलामको चुलाचुली २ मा रहेको जनता मावि रहेका छन् ।

चुलाचुलीको जनता मा.वि.मा यो बर्ष पठनपाठनकालागि ४८ जनाको कोटा खुला गरिको छ । जसरमा ४ जना विद्यार्थीका लागि छात्रवृत्तिको ब्यवस्था समेत रहेको प्रध्यानध्यापक वनवरियाले जानकारी दिए । ईच्छुक विद्यार्थीले यही कार्तिक १ गते सम्ममा १५०० रकम भुक्तानि गरेर परिषद्को वेवसाईड www.ctevt.org.np मा अनलाईन आवेदन दिन सक्ने बताईएको छ । प्रवेश परिक्षा भने यहि कार्तिक १४ गते विहान ८ बजे तोकिए पनि परिक्षा केन्द्रको टुङ्गो लगाईएको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार