
माइजोगमाई : सोमबारबाट इलामको माइजोगमाई गाउँपालिका २ जोगमाईमा जारी दोश्रो संस्करणको लभ्ली फूटबल प्रतियोगितामा मंगलबार क्रोकोडाइल सालामाण्डर क्लब जोगमाई र डायनामिक फूटबल क्लब रुङसुङ विजयी भएका छन् ।
मंगलबार सम्पन्न पहिलो खेलमा क्रोकोडाइल सालामाण्डर क्लब जोगमाईले टुइङकल स्टार क्लब ढोडेलाई ३-२ गोलअन्तरले पराजित गर्दै अघिल्लो चरणमा आफ्नो स्थान सुरक्षित गरेको छ । दोश्रो खेलमा डायनामिक फूटबल क्लब रुङसुङले ज्योति स्पोर्टिङ क्लब नामसालिङलाई ३-१ गोल अन्तरले पछि पार्दै आफ्नो विजयी यात्रा सुरु गरेको हो ।
प्रतियोगिताको विजेताले नगद एक लाख र उपविजेताले ५० हजार सहित ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।
लभ्ली युवा क्लब जोगमाईको आयोजनामा जारी प्रतियोगितामा बुधबार पनि दुई खेल हुने आयोजकले जनाएको छ । बुधबारको पहिलो खेलमा सुदुङ फूटबल क्लब फिक्कल र पूर्व क्षितिज क्लब सोयाङ्ख तथा दाश्रो खेलमा डाँफे फूटबल क्लब जोगमाई र पे्रमेजुङ्ग फूटबल क्लब आमनेसामने हुने आयोजक समितिका प्रदिप खँड्काले जानकारी दिए । प्रतियोगितामा २४ टीमको सहभागिता रहेको छ ।
शारदा आधारभूत विद्यालयको खेल मैदानमा जारी प्रतियोगिताको फाइनल खेल आगामी १६ कार्तिकमा सम्पन्न हुनेछ ।






















































