आफ्नै घरमा परपुरुषसँग भेटेपछि पत्नीको हत्या

धनगढी : आफ्नै घरमा परपुरुषसंग भेटेपछि कैलालीमा एक ब्यक्तिको आफ्नो पत्नी को हत्या गरेका छन्।

लम्कीचुहा नगरपालिका–१ भुरुवा बस्ने धिरेन्द्र थापाले कुटपिट गरेर पत्नी जानकी विक थापाको हत्या गरेको प्रहरीले जनाएको छ । असोज २१ गते पतिको कुटपिटबाट बेहोस बनेकी जानकीको आइतबार राति मृत्यु भएको हो ।

२१ गते कुटपिट भएपनि प्रहरीले घटनाका विषयमा २४ गते मात्रै जानकारी पाएको थियो । प्रहरीले २४ गते अचेत अवस्थामा घरमै भेटिएकी थापालाई उपचारका लागि नेपालगञ्ज पठाएको थियो ।

उक्त अस्पतालमा उपचार नभएपछि घर फर्काइएकी उनलाई पुनः लम्कीस्थित लालरत्न अस्पताल हुँदै सेती अंचल अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले जानकारी दिए।

बस्नेतका अनुसार भारतबाट मजदुरी गरेर आएका धिरेन्द्रले घरमै परपुरुषसंग भेटेपछि जानकीलाई निर्घात कुटपिट गरेका थिए। कुटपिटमा संलग्न धिरेन्द्रलाई पक्राउ गरि घटनाको अनुसन्धान भईरहेको उनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार