फोनिज यूके पत्रकारिता पुरस्कारका लागि ५ लाखको अक्षय कोष

  नयाँ बुलन्द  80 पटक हेरिएको

काठमाडौं : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), बेलायत शाखाले प्रदान गर्दै आएको ‘फोनिज यूके पत्रकारिता सम्मान तथा पुरस्कार’का लागि अक्षय कोष स्थापना गरिएको छ ।

पाँच लाख रुपैयाँ राशीको ‘फोनिज यूके पत्रकारिता सम्मान तथा पुरस्कार अक्षय कोष’ स्थापना गर्ने सम्बन्धी कार्यविधिमा मंगलबार हस्ताक्षर भएको छ । अक्षय कोष स्थापना सम्बन्धी कार्यविधिमा फोनिजका अध्यक्ष डण्ड गुरुङ, फोनिज यूकेका अध्यक्ष प्रमिला लाबुङ राई र पुरस्कारका संस्थापक बेलायती सेनाका अवकाश प्राप्त मेजर सोनाम शेर्पाले हस्ताक्षर गरेका छन् ।

कार्यविधि बमोजिम फोनिजको बेलायत शाखाले स्थापना गरेको अक्षय कोषबाट आउने व्याज रकमबाट हरेक वर्ष पुरस्कार प्रदान गरिनेछ । ‘युवा पुस्तालाई फोनिज यूके पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिनेछ भने कम्तीमा १० वर्ष पत्रकारिता गरेकालाई फोनिज यूके पत्रकारिता सम्मानबाट सम्मान गरिनेछ,’ कार्यविधिमा भनिएको छ ।

फोनिजको बेलायत शाखाले विगत चारवर्षदेखि सम्मान तथा पुरस्कार प्रदान गर्दै आइरहेको छ । हालसम्म पुरस्कार बेलायती सेनाका अवकाश प्राप्त मेजर शेर्पाले व्यक्तिगत रुपमा प्रदान गर्दै आएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार