माओवादी केन्द्रद्वारा संविधानको समाजवादी पुनर्लेखन र उपनिर्वाचनबारे छलफल

  लिला सुब्बा  184 पटक हेरिएको

इलाम : नेकपा (माओवादी केन्द्र) समर्थक राष्ट्रीय पहिचान मोर्चा नेपालको आयोजनमा प्रदेश १ धरानमा संविधानको पुनर्लेखन तथा उपनिर्वाचन २०७६ बारे छलफलसभा सम्पन्न भएको छ ।

नेकपा (माओवादी केन्द्र)का केन्द्रीय अध्यक्ष गोपाल किराती, राजनितिक बिश्लेषक भवानी बराल, साहित्याकार तथा माक्र्सवादी चिन्तक बम देवान र नेकपा क्रान्तिकारीका केन्द्रीय सल्लाकार पारस लिम्बु वक्ताको रुपमा उपस्थित थिए ।

प्रमुख वक्ता माओवादी केन्द्रका केन्द्रीय अध्यक्ष गोपाल किराँतीले नेपालको संविधानले जनताहरूलाई पूर्ण रूपमा अधिकार सम्पन्न बनाउन नसकेको, दलाल पूँजीपतिहरूको हक हितमा मात्र रहेको र उत्पिडित, वर्ग, लिङ्ग, जाती, क्षेत्र र सुकुम्बासीहरूको विरूद्धमा रहेकोले समाजवादी पुनर्लेखन गर्नुपर्ने बताए । उनले संविधान पुनर्लेखनका लागि आम नेपालीहरू फेरी एक चोटी महाजनविद्रोहमा सहभागी हुन अपिल समेत गरे ।

नेकपा (माओवादी केन्द्र) ले पाचौं संविधान दिवसको अवसरमा गत असोज ३ मा १४ बुदे चेतवानीपत्र ओली सरकारलाई बुझाएको स्मरण गराउदै चेतावनी पत्रलाई विवास्तक गरे आसन्न उपनिर्वचानलाई वहिस्कार गर्ने समेर उद्घोष गरे ।

माओवादी केन्द्रका उपाध्यक्ष तथा राष्ट्रीय पहिचान नेपालका केन्द्रीय इन्चार्ज तिलक थापाको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत आयोजक राष्ट्रीय पहिचान मोर्चाका केन्द्रीय सदस्य नारायण राजबंशीले गरेका थिए ।

राजनितिक बिश्लेषक भवानी बरालले नेपालको संविधान त्रुटिपूर्ण रहेको अताए । आसन्न उपनिर्वाचनमा नेकपा (माओवादी केन्द्र) ले पनि वहिस्कार गर्ने अभिव्यक्तिले नेपाली राजनितीमा उथलपथल गर्न सक्ने उनको भनाई थियो ।

अर्का वक्ता साहित्यकार तथा माक्र्सवादी चीन्तक बम देवानले १० वर्षे जनयुद्ध कालमा नेकपा माओवादीले उठाएको जातीय, क्षेत्रीय एवम उत्पीड़ित जनजातीको मुद्धाहरू बिचैमा छोडेर प्रचण्डले अधिकारको लागि लडेका सहिदहरूको अपमान गरेको आरोप लगाए । क्रांन्तिकारीका केन्द्रीय सल्लाकार पारस लिम्बुले नेपालको संबिधानले पूर्ण रूपमा अधिकार दिन नसकेकोले संबिधान घोषणा हुनदादेखि नै संबिधान नमान्ने भनी हरेक निर्वाचन बाहिअकार गर्ने पार्टीको निती रहेको बताए ।

कार्यक्रममा पाँचथर, ईलाम, झापा, मोरङ्ग, सुनसरी, भोजपुर,कखोटाङ्ग, तेह्रथुम, धनकुट्टाका कार्यकर्ताहरु सहभागि थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार