भुटानी शरणार्थी शिविरमा आगलागी

झापा : झापाको दमक ३ स्थित भुटानी शरणार्थी शिविरमा आज बिहान आगलागी भएको छ ।

दमकको उत्तरी क्षेत्र बेलडाँगी २ स्थित बाक्लो बस्ती रहेको शिविरमा दशैंको अन्तिम दिन आगलागी भएको हो । आगलागीबाट शिविरका ९ ओटा छाप्रामा क्षति पुगेको वडाअध्यक्ष नविन बरालले जानकारी दिए ।


शिविरकी करिब ६५ वर्षिया फुलमाया राईको छाप्राबाट आगो सल्केको आगोले शिविरका नौ वटा छाप्रो पूर्ण रुपमा नष्ट भएको उनले बताए । आगोलागी नियन्त्रणका क्रममा अरु केहि छाप्रा भत्काईएको थियो ।

आगोलागी नगरपालिकाको बारुणयन्त्र, स्थानीयबासी, सुरक्षाकर्मी तथा शरणार्थीहरुको संयुक्त प्रयासबाट नियन्त्रणमा लिईएको ईलाका प्रहरी कार्यालय दमकका प्रमुख श्यामल सुव्वाले जानकारी दिए । क्षतीको विवरण संकलन भई रहेको उनले जानकारी दिए ।

आगलागी नियन्त्रणका क्रममा एक ती शरणार्थी महिला फूलमाया राई सामान्य घाईते भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार