फूटबलको उपाधि चिबुवालाई (भिडियो सहित)

  नयाँ बुलन्द  98 पटक हेरिएको

इभाङ : इलामको माङसेबुङ २ इभाङमा संचालित खुल्ला नकआउट पुरुष फूटबल प्रतियोगिताको उपाधि माङसेबुङ ३ चुबुवाले हात पारेको छ ।

शनिबार सम्पन्न फाइनलमा माङसेबुङ ३ लाई टाइब्रेकरमा ४-२ गोलको जित निकाल्दै चिवुवाले उपाधि चुमेको हो । निर्धारित र अतिरिक्त समयमा दुवै टिमबाट २-२ गोल भइ खेल बराबरीमा सम्पन्न भएपछि टाइब्रेकरको आधारमा विजेता निर्धारण गर्नुपरेको थियो ।

पहिलो हाफमा २ गोलको अग्रता बनाएको माङसेबुङ ३ ले दोस्रो हाफमा कमजोर प्रदर्शन गर्य‍ो । पहिलो हाफमा नै उपाधि लगभग निश्चित बनाएको उसले दोस्रो हाफमा रक्षात्मक समेत खेल्न सकेन ।  कमजोर विपक्षीको फाइदा उठाउँदै चिवुवाले दोस्रो हाफमा दुवै गोल फर्काएर खेल बराबरीमा ल्याएको थियो ।

अतिरिक्त समयमा समेत गोल नभएपछि संचालित टाइब्रेकरमा ४-२ को अन्तरले चिवुवा विजेता बन्यो । जितसँगै चिवुवाले नगद १० हजार हात पार्‍यो । उपविजेताले नगद ५ हजार पायो ।

माङसेबुङ २ का स्थानीय क्रियाशील युवाहरुले १९ असोजदेखि आयोजना गरेको प्रतियोगितामा १६ टिमको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार