पच्चीस लाख दान गर्ने दातालाई सम्मान

धरान : हिमालयन महायान देछेन छोलिङ गुम्बाको लामा निवास तथा छात्राबास निर्माणको लागि पच्चीस लाख दिने दाता दावा शेर्पा र दिकु शेर्पालाई सम्मान गरिएको छ ।

गुम्बाको ४४ औ वार्षिक साधारण सभाको अवसरमा धरान १८ स्थित गुम्बामा शनिवार सम्मान गरिएको हो।सो अवसरमा १ लाख पाँच हजार प्रदान गर्ने धरान १५ निवासी धनपाल तामाङ,१ लाख प्रदान गर्ने राकेशप्रसाद रन्जन,२ लाख पचास हजार बराबरको छोर्तेन प्रदान गर्ने लाक्पा शेर्पाको स्मृतिमा पेमलमु शेर्पा,२० हजार प्रदान गर्ने धरान १४ निवासी गजेन्द्र सुनुवार र झरना सुनुवारलाई खादा लगाएर सम्मान गरेको हो ।

कार्यक्रम धरान उपमहानगरपालिकाका कार्यबाहक मेयर मन्जु भन्डारिको प्रमुख आतिथ्यमा भएको हो । उनले पैसा मात्र नभएर इच्छाशक्ति र लगनशील हुनुपर्ने कुरालाई गुम्बाको समितिहरुले काम गरेर देखाएको बताए।नगरपालिकाले निर्माण कार्यमा बजेट लगानी गर्दै आएको भएक्ल पनि शेर्पा संघले यस्तो काम गर्छ भन्ने आफुले नसोचेको भन्दै निर्माण भएका भवनको अवस्था हेरर प्रशंसा गरे ।

भन्डारिले धरान नगरपालिका भित्र नै पहिलोपटक यस्तो सभा हल निर्माण भएकोमा प्रसंसा गरे।अब यस हलमा कम्तिमा ६ वटासम्म एसि जडान गर्न सुझाब दिए।यस सभा हलमा नगरपालिकाका अन्य कार्यक्रम तथा संअ संस्थाले गरिने कार्यक्रम गर्नको लागि सुझाउने बताए । आगामी हाल गुम्बामा शिक्षा मन्त्रालय जिल्ला शिक्षा कार्यालय सुनसरीबाट आधारभुत तहसम्म बौद्ध शिक्षाको स्वीकृत पाएको तर शिक्षकको दरबन्दी उपलब्ध नभएको भन्दै त्यसको लागि धरान उपमहानगरले ब्यावस्था गर्ने प्रतिबद्धता जनाए । कार्यबाहक मेयर भण्डारीले उच्च शिक्षाको लागि धरानको संस्कृत बिश्व विद्यालयमा अध्यापन गराउने योजना अगाडि सार्ने बताए।यस भवन निर्माणको लागि धरान उपमहानगरले ९ लाख प्रदान गरिएको छ ।

विशेष अतिथि बराह ज्वेलरिका मानबहादुर दियालिले भवनको परिकल्पना र अगुवाइ जसले गरेपनी यो धरानको सम्पत्ति भएको बताएउदै बराहले आगामी दिनमा आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाए ।बराहले चार वर्षअघि गुम्बालाई तीन लाख रुपैयाँ प्रदान गरिसकेको छ ।

धरान १५  ङुङ्ने ल्हाघाङ गुम्बाका अध्यक्ष लोकबहादुर थिङ्ले हामिले गुम्बा बनाउदा धेरै गाह्रो भएको बताए । धरान उपमहानगर तथा केन्द्रमा जाँदा पनि बजेट नभएको भन्ने जवाफ आउने भएको बताए ।

साधारण सभा गुम्बाका अध्यक्ष ङावालप्टु लामा शेर्पाको अध्यक्षतामा भएको हो।अध्यक्ष ङावालप्टले एक जना ब्यक्तिले त पच्चीस लाख दिनसक्ने अवस्थामा धरान नगरपालिकाले १२ वटा एसि दिन सकिहाल्छनी भन्दै एसि माग गरे।शेर्पा संघ तथा गुम्बाले अगुवाइ मात्र गरेको भन्दै धरान उपमहानगर र वडा नम्बर १८ कै सम्पत्ति भएको बताए ।
साधारण सभामा सल्लाहकार गेल्बु शेर्पा, दावा गोले शेर्पा, छोटी शेर्पा लगायतले शुभकामना मन्तब्य दिएका थिए । कार्यक्रम आजिवन सदस्यहरु सल्लाहकारहरु लामा लोपेन थुप्तेन,लामा लाक्पातेन्जी,तेन्जिङ खापा शेर्पा,कल्पना शेर्पा,एपि शेर्पा,निमदिकी शेर्पा लगायतको उपस्थिति रहेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार