विभिन्‍न पार्टी परित्याग गरी ५६ जना समाजवादी पार्टीमा प्रवेश

  नयाँ बुलन्द  222 पटक हेरिएको

पाँचथर : पछिल्लो समय वैकल्पिक शक्तिको रुपमा उदाएको समाजवादी पार्टीमा प्रवेश गर्नेको लहर देशैभर चलेको छ । केन्द्रीयदेखि जिल्ला तहका नेताहरु प्राय दैनिक पार्टी प्रवेश कार्यक्रमा व्यस्त छन् ।

संघीय राजधानी काठमाडौं सहित देशका विभिन्न क्षेत्रमा अन्य पार्टी परित्याग गरी समाजवादी पार्टीमा प्रवेश कार्यक्रम संचालन भइरहेको छ । यसैगरी शनिबार पाँचथरको फाल्गुनन्द गाउँपालिका १ नवमीडाँडामा समेत करिब ५ दर्जन नेता कार्यकर्ता अन्य पार्टी परित्याग गरी समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

नवमीडाँडामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, राप्रपा लगायत पार्टी परित्याग गरी ५६ जना नेता कार्यकर्ता समाजबादी पार्टिमा प्रवेश गरेका छन् ।

शनिबार नवमीडाँडामा आयोजित तत्कालिन संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालको समायोजन कार्यक्रमको अवसरमा समाजवादीमा प्रवेश गरेका हुन् ।

तत्कालिन नवमीडाँडा गाउँ विकास समितिमा ३ कार्यकाल अर्थात् ३० वर्ष उपप्रधानपञ्‍च भएर सामाजिक र राजनीतिक क्षेत्रमा क्रयाशील आङदेम्बे राष्ट्रिय प्रजातन्त्र पार्टीका दलवीर आङ्देम्बेको नेतृत्वमा पार्टी प्रवेश गरेका हुन् ।

आङदेम्बेको नेतृत्वमा पूर्व जनमुक्ती सेना नेपाल प्लाटुन कमाण्डर दिलकुमार खजुम, पूर्व जनमुक्ति सेना भानुभक्त खजुम, गौरीमान आड़देम्बे, बिनोद आड़देम्बे, गुमानध्वज आड़देम्बे, मनप्रसाद तामाड़, यामबहादुर तामाड़ लगायत रहेको समाजवादी पार्टी पाँचथरका अध्यक्ष लक्ष्मण लावतीले जानकारी दिए ।

समाजवादी पार्टीका केन्द्रीय सदस्य एवम् पाँचथर इन्चार्ज मुकुम नेम्बाङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रदेश सदस्य एविराज आड़देम्बेसहित मलिसा याक्थुड़बा, टिका नेम्बाड़, शर्मिला आड़देम्बे, मणी कुरूम्बाड़, डिएम आड़देम्बे, राज चामलिड़, राम लावती, टिआर आड़देम्बे, गजेन्द्र लावती लगायत नेताहरूको उपस्थिती रहेको थियो ।

अध्यक्षमा विमला आङदेम्बे

समाजवादी पार्टी फाल्गुनन्द गाउँपालिका १ नम्बर वडा अध्यक्षमा विमला आङदेम्बे चयन भएकी छन् । तत्कालिन संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच समायोजनपछि आङदेम्बेको अध्यक्षतामा २१ सदस्यीय नयाँ समिति चयन भएको छ । समितिका उपाध्यक्ष केशरमान आड़देम्बे, सचिवमा ज्ञानबहादुर आड़देम्बे, सहसचिवमा धनशेर बमजन र कोषाध्यक्षमा सुनिता सिवा चयन भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार