जिप्रका इलामले विभिन्‍न कार्यक्रम गरी ६४ औं प्रहरी दिवस मनायो

  नयाँ बुलन्द  85 पटक हेरिएको

इलाम : जिल्ला प्रहरी कार्यालय इलाममा विभिन्न कार्यक्रमको आयोजना गरी  ६४ औं प्रहरी दिवस मनाईएको छ ।

दिवसका अवसरमा अमर प्रहरीका परिवारजन तथा पूर्व प्रहरी कर्मचारीतर्फका जेष्ठ सदस्यलाई दोसल्ला ओढाई सम्मान गरिएको छ । त्यस्तै प्रहरी चौकी निर्माणको लागि निशुल्क जग्गा प्रदान गर्ने ४ जना जग्गा दाताहरुलाई कदर पत्र प्रदान गरिएको छ ।

प्रहरी दिवसकै अवसरमा जिल्ला प्रहरी कार्यालय इलममा कार्यरत प्रहरी जवान दीर्घ श्रेष्ठ प्रहरी प्रधान कार्यालयबाट पुस्कृत  भएका छन् ।  बिभिन्न जघन्य अपराधहरु लागू औषध, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार जस्ता मुद्धाहरुको अनुसन्धान मिसिल अभियोजन, व्यवस्थापन तथा सम्पूर्ण अनुसन्धानमा लगशीलता, तत्परताका साथ अनुसन्धान अधिकृतको सहयोगीको रुपमा खटि त्रुटीरहित ढङ्गले कार्य गरेको भन्दै श्रेष्ठलाई पुस्कृत गरेको प्रहरीले जनाएको छ ।

त्यस्तै प्रहरी जवान मुकुन्द माझी १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट  नगद २५ हजारसहित पुरस्कृत भएका छन् । माझीले आफ्नो जिउ ज्यानको प्रभाह नगरी उद्वार कार्यमा भूमिका निर्वाह गरेको भन्दै प्रदेश प्रहरीले पुरस्कृत गरेको हो ।

यसका साथै जिल्ला प्रहरी कार्यालय इलाममा कार्यरत प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीसहित जम्मा २० जना प्रहरी कर्मचारीहरु पुरस्कृत भएका छन् ।

कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालबाट ६४ औं प्रहरी दिवसको अवरशसरमा दिएको शुभकामना सन्देश जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीले बाचन गरेका थिए ।

प्रहरी उपरीक्षक हिराबहादुर पाण्डेको अध्यक्षता र जिल्ला समन्वय समिति इलामका प्रमुख गणेशप्रसाद बरालकोझ प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा इलाम नगरपालिकाका नगर प्रमुख महेश बस्नेत, प्रमुख जिल्ला अधिकारी सीताराम कार्की, राजनैतिक दल, सुरक्षा निकायका प्रमुखहरु, नागरीक समाज, उद्योगी व्यवसायी, पुर्व प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अथिति बरालले अनुशन्धान क्षेत्रमा नेपाल प्रहरी एउटा दक्षिण एसियाकै नमुनाको रुपमा रहेको भन्दै नेपाल प्रहरी संगठनको प्रसशां गरे । कार्यक्रममा इलाम नगरपालिकाका प्रमुख बस्नेत, प्रमुख जिल्ला अधिकारी कार्की लगायतले सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई शुभकामना समेत दिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार