पत्‍नीको हत्या आरोपमा फाकफोकथुमका नरबहादुर पक्राउ

इलाम : आफ्नै पत्‍नीको हत्या आरोपमा इलामको फाकफोकथुम गाउँपालिका ६ का ५० वर्षीय नरबहादुर राई पक्राउ परेका छन् ।

पत्नी ४४ वर्षीय सरीता राईलाई कुटपिट गरी घरनजिक ढिक/काल्लाबाट लडाई हत्या गरेको आरोपमा नरबहादुरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । नरबहादुर राईलाई प्रहरी हिरासतमा राखी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

मृतक सरिताको शव पोष्टमार्टमका लागि धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएको प्रहरीले जनाएको छ ।

गत बुधबार दिउँसो ४ बजे मृतक सरीता राई लडेर घाईते अवस्थामा रहेको खबर प्रहरीले पाएको थियो । खबर पाउनसाथ प्रहरी घटनास्थल पुषेर अनुसन्धान गर्दा सरिताको संकास्पद मृत्यु भएको र पतीपत्नीबीच विवाद समेत भएको खुलेपछि नरबहादुरलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार