जेष्ठ नागरिकका ६ ठाँउमा निशुल्क स्वास्थ्य परीक्षण शिविर

  नयाँ बुलन्द  38 पटक हेरिएको

इटहरी : जेष्ठ नागरिक दिवसको अवसर पारेर इटहरी उपमहानगरले जेष्ठ नागरिकका लागि इटहरीका ६ ठाँउमा निशूल्क स्वास्थ्य परीक्षण शिविर सम्पन्न गरेको छ ।

इटहरी अस्पतालमा विशेषज्ञ डाक्टरहरु सहितको शिविरमा १ सय २६ जनाले स्वास्थ्य परीक्षण गराएका छन । शिविरमा ल्याव सेवा र औषधी पनि निशूल्क गरिएको छ ।

विराट मेडिकल कलेज विराटनगरका जेनेरल फिजिसियन डा रामकुमार मेहता, हाडजोर्नी रोग विशेषज्ञ डा मिथलेस कुमार गुप्ता, स्त्री रोग विशेषज्ञ डा सपना भगत, इटहरी अस्पतालका दन्तरोग विशेषज्ञ डा आश्विन कुमार गुप्ता लगायतका चिकित्सकले स्वास्थ्य परीक्षण गरे ।

६० वर्ष माथिका जेष्ठ नागरिकका लागि निशूल्क स्वास्थ्य परीक्षण शिविर गरिएको हो । विहान इटहरी उपमहानगकी उपप्रमुख लक्ष्मी गौतमले शिविर उदघाटन गर्नुभयो । दिनभर पानी परेपनि जेष्ठ नागरिकको उल्लेख्य सहभागिता रहेको इटहरी अस्पताल संचालक समिति अध्यक्ष भुपेन्द्र वरालले वताए ।

यसअघि जेष्ठ नागरिक दिवसकै अवसर पारेर इटहरीका वडा नम्वर १, ३, १२, १६ र १७ नम्वर वडामा स्वास्थ्य शिविर सम्पन्न गरिएको थियो । पाँच ठाँउमा भएका शिविरमा २ सय ५७ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो ।

आफ्नै गाँउ ठाँउमा उपमहानगरले निशूल्क स्वास्थ्य जाँच गरिदिएपछि जेष्ठ नागरिक खुशि भएका छन । जेष्ठ नागरिक दिवसको अवसरमा इटहरी उपमहानगका मेयर द्धारिकलाल चौधरी र उपमेयर लक्ष्मी गौतमले सय वर्ष उमेर कटेका जेष्ठ नागरिकलाई घरमै गएर भेटनुभएको छ ।

असोज १३ गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका विशेषज्ञ डाक्टर सन्जिव शर्मा सँग स्वास्थ्य सम्वन्धि सचेतना र अन्तरक्रिया कार्यक्रम राखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार