शारदा माविमा शुभकामना आदानप्रदान कार्यक्रम

  जयकृष्ण यादव
0 Shares

सुनसरी : सुनसरीको इनरुवा ५ बलाहामा रहेको शारदा माविमा सोमबार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

दशैको अवसर पारेर पूर्व विधार्थीहरुको आयोजनामा शारदामा माविमा शुभकामना कार्यक्रम सम्पन्न भएको हो ।

विद्यालयमा पूर्व विधार्थी डा. रमेश पोखरेललाई संगितमा पिएचडी पास गरेको र प्रध्यापकसम्म पुगेकाले सम्मान पत्र र दोसल्लाले सम्मान गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खेमराज पोखरेलले जानकारी दिए ।

कार्यक्रममा शारदा माविको चार कोठे नयाँ भवनको समेत उद्घाटन गरिएको छ । दुई कोठा भवनको इनरुवा नगरपालिका प्रमुख राजन मेहताले र प्रदेश एकका प्रतिपक्षी दलका नेता राजिव कोईरालाले अर्को दुई कोठा भवनको उद्घाटन गर्नुभएको प्रधानाध्यापक तिर्थराज भट्टराईले जानकारी दिए ।

कार्यक्रममा अभिवक्ता मणीराज दुलाल, इनरुवा ५ का वडा अध्यक्ष अन्जनी पोखरेल, नेपाली काग्रेंसका जिल्ला सचिव केदार भण्डारी, नेकपाका इनरुवा ५ अध्यक्ष मेघराज न्यौपाने सहितकाले शुभकामना दिएका थिए । कार्यक्रममा अधिकारकर्मी रमेश भट्टराई, पत्रकार जयकृष्ण यादव, अमर काफ्ले, उधाृग बाणिज्य संघका लालबहादुर श्रेष्ठ , युवहरु पुकार पोखरेल सहितका सय बढी पूर्व विधार्थीहरुको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार