फूटबलको उपाधि देउराली स्पोर्टिङ क्लबलाई

  विविसी हाङखिम
0 Shares

सन्दकपुर : इलामको सन्दकपुर गाउपालिका-२ माइमझुवामा संचालित खुल्ला पुरुष अकआउट फूटबल प्रतियोगिताको उपाधि देउराली स्पोर्टिङ क्लबले चुमेको छ ।

श्याम्बल माबिको खेलमैदानमा मंगलबार सम्पन्न फाइनलमा पुवामझुवा स्पोर्टिङ क्लबलाई २-१ को झिनो गोल अन्तरले पराजित गर्दै देउराली स्पोर्टिङ क्लबले उपाधि हात पारेको हो ।

जितसगै देउराली स्पोर्टिङ क्लबले नगद ६१ हजार रुपैयाँ सहित ट्रफीय मेडल र प्रमाणपत्र हात पार्यो । उपविजेता पुवामझुवा स्पोर्टिङ क्लबले भने नगद ३१ हजार रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

पहिलो हाफमा पुवामझुवा स्पोर्टिङ क्लबका शेखर राईले २३ औ मिनेटमा गोल गरि शुरुआती अग्रता दिलाएका थिए । दोस्रो हाफको नवौं मिनेटमा देउराली स्पोर्टिङ क्लबका सुमन धमलाले गोल गरि खेल बराबरीमा ल्याए । त्यसको ६ मिनेट पनि बित्न नपाउदै पुन देउराली स्पोर्टिङ क्लबकै धमलाले दोश्रो गोल गरि टिमलाई उपाधि दिलाउन सफल भएका थिए ।

प्रतियोगिताको बेस्ट गोलरक्षक विजेता देउराली स्पोर्टिङ क्लबका अनिल राई, बेस्ट डिफेन्डर गिताङ फूटबल क्लबका सन्तोस तामाङ, मिड्फिल्डर उपविजेता पुवामझुवा स्पोर्टिङ क्लबका शेखर राई र सर्वाधिक गोलकर्ता प्रतियोगिता अवधिभर ५ गोल गर्दै
जमुना स्पोर्टिङ क्लबका केशव गुरुङ घोषित भए ।

विजेता तथा उपविजेता टिमलाई कार्यक्रमको प्रमुख अतिथी वडा सदस्य अमृत राई र समाजसेवी तथा बुद्धिजीवी दिल्लीकुमार गुरुङले पुरस्कार र प्रमाणपत्र हस्तान्तरण गरे ।

हिन्दुहरुको महान चाड वडादशैको अवसरमा छिन्तापु स्पोर्टिङ क्लबको आयोजनामा भएको प्रतियोगितामा ३२ टिमको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार