टोड्के, गिताङ र देउराली सेमिफाइनल प्रवेश

  विविसी हाङखिम  129 पटक हेरिएको

सन्दकपुर : इलामको सन्दकपुर गाउपालिका-२ माइमझुवामा जारी खुल्ला पुरुष अकआउट फूटबल प्रतियोगितामा टोड्के, गिताङ र देउराली विजयी भएका छन् ।

श्याम्बल माविको खेलमैदानमा आइतबार सम्पन्न पहिलो खेलमा टोड्के झरना स्पोर्टिङ क्लबले १-० गोल अन्तरले बुद्ध टोल माबुलाइ पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको दोस्रो हाफको अन्तिम समयमा जर्सी नम्बर १० का पारस दुखुन राइले गरेको गोल नै जितका लागि निर्णायक बन्यो ।

दोस्रो खेलमा गिताङ फूटबल क्लबले १-० गोल अन्तरले साबिक बिजेता डिफेन्डिङ च्याम्पियन जमुना फूटबल क्लबलाइ सेमिफाइनल प्रबेशका लागि रोकेको छ । दोस्रो हाफको १६ औ मिनेटमा जर्सी नम्बर २१ का पेम्बा गुरुङको प्रहारले टिमलाइ जित दिलाए ।

तेस्रो खेलमा देउराली स्पोर्टिङ क्लबले २-० गोल अन्तरले लुदिन स्पोर्टिङ क्लबलाई सेमिफाइनलका लागि हरायो । पहिलो हाफको १० औ मिनेटमा जर्सी नम्बर ९ का बिबेक बस्नेतले काउन्टरबाट गरेको प्रहार नै गोलमा परिणत भएको थियो । त्यस्तै जर्सी नम्बर २१ का सुमन धमलाले १७ औ मिनेटमा गरेको प्रहारले अर्को गोल गर्न सफल भए ।

चौथो तथा अन्तिम खेलमा किराँत स्टार ‘ए’ र पुवामझुवा स्पोर्टिङ क्लब बिचको खेल समय अभावका कारण पहिलो हाफ मै रोकिएको छ । दोस्रो हाफको खेल सोमबार सन्चालन गरिने आयोजकका सचीब खड्ग गुरुङले जानकारी दिए ।

साथै सोमबार नै सेमिफाइनलका खेलहरु सन्चालन हुनेछन् । पहिलो सेमिफाइनलमा टोड्के झरना स्पोर्टिङ क्लब र देउराली स्पोर्टिङ क्लब, दोस्रो खेल किरात स्टार बी र पुवामझुवा स्पोर्टिङ क्लब बिचको बिजेता टिमले गिताङ फूटबल क्ल्बसङ्ग फाइनल खेलका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको फाइनल मंगलबार हुनेछ । प्रतियोगिताको बिजेता टिमले नगद ६१ हजार र उपबिजेताले ३१ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन ।

छिन्तापु स्पोर्टिङ क्लबको आयोजनामा जारी प्रतियोगितामा ३२ टिमले सहभागिता जनाएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार