देउराली, किरात स्टार, लुदिन र पुवामझुवा विजयी

  विविसी हाङखिम  69 पटक हेरिएको

सन्दकपुर : इलामको सन्दकपुर गाउपालिका-२ माइमझुवामा जारी खुल्ला पुरुष अकआउट फूटबल प्रतियोगितामा देउराली, किरात स्टार ‘ए’, लुदिन र पुवामझुवा विजयी भएका छन् ।

श्याम्बल माविको खेलमैदानमा भएको पहिलो खेलमा देउराली स्पोर्टिङ क्लबले ३-२ गोल अन्तरले किरात स्टार ‘बी’ सायाङ्बालाइ पराजित गरेको छ । निर्धारित समयमा दुबै तर्फबाट गोल नभएपछि बिजेताको निर्धारण टाइब्रेकरबाट लिइएको थियो ।

दोस्रो खेलमा किरात स्टार ‘ए’ ले ६-५ गोल अन्तरले आलुबारी स्पोर्टिङ क्लबलाई पराजित गर्यो। निर्धारित समयमा गोलरहित खेलको निर्णय टाइब्रेकरमा धकेलिएको थियो ।

तेस्रो खेलमा लुदिन स्पोर्टिङ क्लबले २-० गोल अन्तरले आयोजक छिन्तापु स्पोर्टिङ क्लबलाई हरायो । चौथो तथा अन्तिम खेल पुवामझुवा स्पोर्टिङ क्लबले १-० गोलले स्वतन्त्र स्पोर्टिङ क्लब रानिटारलाइ हराउँदै विजयी बन्यो ।

आइतबारको पहिलो खेल बौद्ध मार्ग स्पोर्टिङ क्लब र टोड्के झरना खेल संघ, दोस्रो खेल डिफेन्डिङ च्याम्पियन जमुना स्पोर्टिङ क्लब र गिताङ स्पोर्टिङ क्लब, तेस्रो खेल आयोजक देउराली स्पोर्टिङ क्ल्ब र लुदिन एफसेर पाचथर र चौथो तथा अन्तिम खेल पुवामझुवा स्पोर्टिङ क्लब र किरात स्टार ए बीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको फाइनल बिजयदशमीको दिन हुनेछ । प्रतियोगिताको बिजेता टिमले नग ६१ हजार र उपबिजेताले नगद रु ३१ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ्न।

छिन्तापु स्पोर्टिङ क्लबको आयोजनामा जारी प्रतियोगितामा ३२ टिमको सहभागिता रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार