भेटरान क्लबलाई हराउदै रिब्स बन्यो बिजेता

  नयाँ बुलन्द  130 पटक हेरिएको

इलाम : इलामको बिब्ल्याटेमा सम्पन्न फुटबलको फाइनल रिब्सले क्लबले हात पारेको छ । बडा दसैंको अवसर पारेर हेलिबोध युवाकल्ब इलाम नगरपालिका वडा न ५ बरबोटेको आयोजनामामा भाएको खेलमा २-० गोल अन्तरले भेटरान्स क्लब बिब्लयाटेलाई हराउदै रिब्स क्लबले फाईनल जितेको हो ।

बिब्लयाटेको खेलमैदानमा सम्पन्न भएको खेलको प्रमुख अतिथी इलामका अग्रज समाजसेवी तथा नेपाली कांग्रेसकायुवा नेता डम्बर खडका रहेका थिए ।

खेलको बिजेताले नगद रु ४१००० र उपबिजेताले नगद रु २१हजार प्रापत गरेका छन । खेलको प्रथम पुरस्कार समाजसेबि डम्बर खड्काले उपलब्ध गराएका थिए । खेल असोज १० बाट शुरु भएर आज सम्पन्न भएको हो ।

साथै सोही अवसर पारेर फुलपाती कार्यक्रममा समेत सम्पन्न भएको थियो ।कार्यक्रममा नित्य गायन,हाँडी फुटाउने , म्युजिकल चियर लगायत विभिन्न मनोरञ्जनात्मक प्रस्तुतीहरु रहेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार