
इलाम : लिम्बू विद्यार्थी मंच इलाम शाखा देशकै उत्कृष्ठ शाखाका रुपमा सम्मानित भएको छ ।
मञ्चकाे १४ असोजमा ताप्लेजुङ सदरमुकाम फुङलिङमा सम्पन्न नवाैँ राष्ट्रिय महाधिवेनमा इलाम शाखालाई उत्कृष्ठ शाखाको रुपमा सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबोले इलाम शाखाका अध्यक्ष अतित योङहाङलाई उत्कृष्ठ शाखको सम्मानपत्र हस्तान्त्ररण गरे ।
इलाम शाखा देशभरका शाखामध्ये उत्कृष्ठ शाखाको रुपमा स्थापित भएको हो । लिम्बु विद्यार्थी मंचको मुख्य अभियान ‘लिवि अभियान’ लाई सफल बनाउन संगठनलाई चलायमान गराउनका साथ विधानअनुसार शाखा संचालन भएको भन्दै इलाम शाखालाई सम्मान गरेको हो ।
लिवि मंच इलामले नियमित रुपमा भाषा, लिपि संस्कार, भेषभूषा, इतिहासको संरक्षण सम्वर्द्धनका लागि विभिन्न गतिविधिहरु संचालन गरिरहेको छ ।






















































