दसैं-तिहार नयाँ फेसनमा सजिन पाउने पर्व : बजारमा भीडभाड

  प्रकाश नेपाल
0 Shares

news

इलाम : दशैँ नजिकिएसँगै बजारमा नयाँ सामान किन्नेहरुको चहलपहल बढेको छ । ऋण खोजेरै भए पनि यस अवसरमा मीठो खानुपर्छ र राम्रो लगाउनुपर्छ भन्ने मान्यताका साथ बजारमा नयाँ लुगा तथा सरसामान किन्नेको घुइँचो देखिएको हो ।

चाडबाड नजिकिँदै गर्दा कम्पनीहरुले आफ्ना नयाँ सामानहरू बजारमा ल्याउने गरेका छन् । यस अवसरमा सबैको मनमा उत्साह र उमंग हुने तथा छुटका अफरहरू बढी आउने हुनाले बजारमा भिडभाड बढ्न थालेको हो ।

कतिपयले त दसैं–तिहारलाई नयाँ नयाँ फेसनका ड्रेसअप गर्न पाइने भएकाले फेसन पर्वको रुपमा लिने गरेका छन् । नयाँ फेसनमा रम्नेहरुलाई चाडपर्व नै कुर्नु त पर्दैन ।

तर आर्थिक अवस्था कमजोर भएकाहरुका लागि भने नयाँ तथा विभिन्न किसिमका लत्ताकपडाहरू किन्ने फेसन पर्वको रूपमा लिने गरेको पाइन्छ ।

दसैँ नजिकिँएसँगै नयाँ सामानको खरिद गर्नेको भीडभाडले इलाम बजारमा मानिसहरूको चहलपहल बढेको व्यवसायीहरू बताउछन ।

बजारमा चाडवाडको समयमा पसलैपिच्छे छुटैछुटका अफर लेखेको देख्न पाइन्छ ।

जसले गर्दा सर्ट, प्यान्ट, कुर्तासुरुवाल, साडी, लेहेंगा, कुर्ता, टी–सर्टलगायतका आवश्यक सामग्री खरीद गर्ने मानिसहरू बढेका छन् ।

बच्चाबच्चीका लागि दसैं नयाँ लत्ताकपडा तथा नयाँ सामान किन्ने पर्व हो भने पारिवारिक जिम्मेवारी ग्रहण गरेका व्यक्तिका लागि वर्षभर पाएका दुःख पीडा बिर्सने र परिवारका साथ रमाउने पर्व भएकाले आफन्तहरुकोमा भेटघाट गर्न जाने परम्पराले बिशेष गरेर दसैंमा किनमेल गरिने ग्राहकहरुको भनाइ छ ।

तर समाजमा स्थापित हुनेखाने वर्गका लागि दसैं खुसी साटासाट गर्ने र रमाउने पर्वको रुपमा लिने गरेका छन् ।

नेपाली समाजमा दसैं पर्वलाई असत्य माथि सत्यको विजयको रूपमा लिइन्छ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार