विश्व हुलाक दिवसको अवसरमा इलामका ६ कर्मचारी सम्मानित

इलाम : विश्वा हुलाक दिवस २०१९ काे अवसरमा इलामका ६ कर्मचारी सम्मनित भएका छन । सम्मानित हुनेहरुमा जिल्ला हुलाक कार्यालय इलाममा कर्यारत  रा. प. अन. कर्मचारीहरुको तर्फबाट नासु रुद्र प्रसाद नेपाल , श्रेणी बिहिनको तर्फबाट लीला देबी ढकाल , करार सेवाका तर्फ बाट निता खत्री, अतिरिक्त हुलाकका तर्फबाट गोर्खे अ.हु.कार्यालयका प्रतिनिधि  साथै अवकास प्राप्त कर्मचारी कैलाश प्रसाद घिमिरे र कृष्ण मल्ल रहेका छन । उनिहरुले हुलाक सेवामा रहि लामो समय देखि उत्कृष्ट कार्य सम्पादन गरे बापत सम्मन गरिएको जिल्ला हुलाक कार्यालय इलामका प्रमुख ज्वालदास राईले जान्कारी दिए ।

आज सम्मानित हुनेहरुमा नेपाल बिगत ३१ बर्षदेखी कार्यरत छन भने ढकाल र खत्री क्रमस २२ र ८ बर्ष अघीबाट हुलाक सेवामा कार्यरत रहेका छन । साथै दिवस कै अवसर पारेर आज बिहान पहिलो सेवा लिन आउने सेवाग्राही लाई सम्मान गरिनुका साथै कार्यालय परिसर सरसफाइ र साझमा दिपावली गरि मनाईएको थियो ।

९ अक्टोबरमा विश्वा हुलाक दिवस मनाईने भएपनी यस बर्ष सो समयमा दसैं बिदा भएकाले नेपालमा आज मनाउने निर्णय भए बमोजिम इलाम सहित देेशभरी विभिन्न कार्यक्रम गरि मनाईएको हो । बिश्व भर सुुचना प्रबाह गर्ने विश्वव्यापी संस्थाका रुपमा हुलाकलाई लिइन्छ ।

विश्वभरका मानिसहरुबीच आपसी सद्भाव एवं भाइचारा वृद्धि गर्न सूचना तथा सञ्चारको आवश्यकता महसुस गर्दै सामाजिक आर्थिक विकासमा टेवा पुर्‍याउने उद्देश्यले विश्व हुलाक संघको सन् १८७४ अक्टोवर ९ मा स्थापना भएको हो । नेपालले भने उक्त संघको सन् १९५६ मा सदस्यता लिएको थियो । सदस्यता लिएकै वर्षदेखि नेपालमा पनि हुलाक दिवस मनाउन थालिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार