गिताङ, टोड्के र जमुना विजयी

  विविसी हाङखिम
0 Shares

सन्दकपुर : इलामको सन्दकपुर-२ माइमझुवामा जारी पुरुष खुल्ला नकआउट फूटबल प्रतियोगितामा मंगलबार पनि ३ खेल सम्पन्न भएका छन् ।

श्याम्बल माध्यमिक बिद्यालयको खेलमैदानमा जारी प्रतियोगिताको दोश्रो दिनको खेलमा गिताङ फूटबल क्लब ए , टोड्के झरना ए र जमुना फूटबल क्ल्ब बिजयी भएका छन् ।

पहिलो खेलमा गिताङ एफ सि-ए ले ३-२ गोल अन्तरले गाउले गाइज फूटबल क्लबलाई हराउदै बिजयी बनेको छ ।

दोस्रो खेलमा टोड्के झरना ए र सेतो गुलाफ ए बिच हुने खेलतालिका अनुसार सेतो गुलाफ ए को अनुपस्थितिमा खोर्साने एफसीलाई खेलाइएको थियो । टाइब्रेकरमा टोड्के झरना ए ४-२ गोल अन्तरले बिजयी बन्यो । निर्धारित समयमा दुबै टिमबाट गोलरहित भएपछि बिजेताको निर्धारण टाइब्रेकरबाट लिइएको थियो।

त्यस्तै तेस्रो तथा अन्तिम खेलमा आयोजकलाई ५-१ गोलको फराकिलो गोल अन्तरले पराजित गर्दै आयोजक विजयी बन्यो ।
बुधबारको पहिलो खेल सेतो गुलाब बी र लुङ्चोक एफसीबिच हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको फाइनल खेल बिजयदशमीको दिन असोज २१ गते हुनेछ । प्रतियोगिताको बिजेताले नगद ६१ हजार रुपैया र उपविजेताले नगद ३१ हजार रुपैयाँ सहित ट्रफी मेडल र प्रमाणपत्र पाउनेछन् ।

छिन्तापु स्पोर्टिङ क्लबको आयोजनामा संचालित प्रतियोगितामा जम्मा ३२ टिमले सहभागिता रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार